राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई संविधान उल्लङ्घनकै आरोप लगाइरहेको गठबन्धन सरकार यसको कानुनी उपचारका लागि अदालत भने नजाने भएको छ ।
राष्ट्रपतिको मुख्य सल्लाहकार नै मन्त्रिपरिषद् हुने भएकाले गठबन्धन सरकारलाई अदालत जान नैतिक सङ्कट छ ।
राष्ट्रपतिको कदमको व्यापक जनसमर्थन देखिएसँगै गठबन्धन सरकार यसलाई अब थप अदालती बहस बनाउन नहुने निष्कर्षमा पुगेको बालुवाटार निकट स्रोत बताउँछ ।
कानुन व्यवसायीले पनि सरकार र राष्ट्रपति संस्थाबीच द्वन्द्व बढाउने गरी आफै रिट लिएर सरकार अदालत जानु अनुचित हुने भन्दै सुझाव दिएपछि गठबन्धन सरकार हच्किएको हो ।
संविधानको संरक्षक राष्ट्रपति हुने र उहाँकै कदम ठिक नभएको भन्दै राष्ट्रपतिलाई प्रतिवादी बनाउने सरकारी कदम प्राकृतिक नहुने भन्दै वकिलहरूले बालुवाटारलाई अदालत नजान सुझाएका छन् ।
चुनाव घोषणा भइसकेपछि विधेयक ल्याउनु नै गलत हुने, संसद्को कार्यकाल सकिएपछि विधेयकको औचित्य नै स्वतः निष्क्रिय हुने र संविधान अनुसार विधेयक नभएको ठहर हुने लगायततर्फ वकिलहरूले बालुवाटारमा गठबन्धनका नेताहरूलाई ‘पाठ पढाए’सँगै सरकार अब अदालत नजाने निष्कर्मा पुगेको स्रोतले बतायो ।
गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार नै राष्ट्रपतिबाट संविधानको अवज्ञा भयो भनेर सर्वोच्च जाने अवस्था नरहेको बताउनुभएको छ ।
काठमाडौं ६ मा स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश
काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्।आज च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्।
मियाँ काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए। उनलाई पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझाका संस्थापक सदस्य भनेर चिनाइएको थियो।
गत असार ११ गते मियाँले आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए।पर्वआईजी खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागतपूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष ओलीले खनाललाई काठमाडाैं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन् ।एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक खनाल, चुनाव लड्ने सम्भावनाखनालले पनि आफू र अध्यक्ष ओलीबीच भएकाे भेटमा यसबारे कुराकानी भएकाे जानकारी दिएका छन् ।हिजाे अध्यक्षज्यूसँग नै मेराे छलफल भएकाे थियाे । source-pathivaranews
प्रकाशित मिति २०७९ असोज ६ गते बिहिबार ०४:२२