बाबुराम माओवादी प्रबेश गर्ने ? दिल्लीमा गरेको यो कुरा बन्ने भयो कारण

बाबुराम माओवादी प्रबेश गर्ने ? दिल्लीमा गरेको यो कुरा बन्ने भयो कारण

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज ६ गते बिहिबार १०:४९

काठमाडौं असोज ६ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सधैं मानवता र लोकतन्त्रप्रति सजग रहेको बताएका छन्। उनले जनयुद्ध हुँदाका बेला र अहिले वर्तमान अवस्थामा पनि मानवता र लोकतन्त्रप्रति माओवादीको सामान...

काठमाडौं असोज ६

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सधैं मानवता र लोकतन्त्रप्रति सजग रहेको बताएका छन्। उनले जनयुद्ध हुँदाका बेला र अहिले वर्तमान अवस्थामा पनि मानवता र लोकतन्त्रप्रति माओवादीको सामान धारणा रहेको बताए

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको प्रक्रियामा सबैभन्दा बढी आफूहरु लागेको बताए। ‘माओवादी अझै उस्तै छ कि भन्ने भ्रम धेरैमा देख्छु।

तर लोकतान्त्रिक प्रक्रियामा सबैभन्दा बढी हामी नै लागिरहेका छौं,’ उनले भने, ‘हामी युद्धमा हुँदा पनि यस्तै थियौं, अहिले पनि मानवता र लोकतन्त्रप्रति उस्तै छौं।’

उनले माओवादी जनयुद्ध त्यतिबेलाको उपज भएको बताए। तर आफूहरुमा शान्तिको भावना भएकैले १२ बुँदे समझदारी सम्भव भएको उनको भनाइ छ। ‘जनयुद्ध त्यतिबेलाको उपज थियो।

हामी यतिकै जनयुद्धमा होम्मिएका थिएनौं। तर १२ बुँदे समझदारी हुनुमा हामीभित्र भएको शान्ति प्रमुख हो। त्यही भएर माओवादीप्रतिको दिग्भ्रमित हटाउन सबैसामु आग्रह गर्दछु,’ उनले भने।

उनले किताबका कतिपय कुराहरु तथ्यसंगत नभएको बताए। ‘किताबका कतिपय कुराहरु तथ्यसंगत छैन। बाबुरामजीको कुरामा म सहमत पनि छु,’ उनले भने।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन माओवादी र त्यतिबेलाका दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा नभएको बताए। उनले यसबारे गलत प्रचार गरिएको बताए। उनले कटवाल प्रकरणमा पनि गलत भाष्य निर्माण गरेर माओवादीले सेना कब्जा गर्न खोजेको भ्रम फैलाइएको बताए।

‘१२ बुँदे समझदारी दिल्लीमा गएर त्यसपछि दिल्ली हस्तक्षेपमा प्रवेश गर्‍यो भन्ने कुरा सत्य होइन। १२ बुँदेको सुरुवात हामीले नै गरेका थियौं। केपी ओली, म र नारायणकाजी श्रेष्ठ मिलेर ड्राफ्ट गरेका थियौं। प्रचण्ड र गिरिजाबाबुहरुले अन्तिम रुप दिनुभएको थियो,’ उनले भने।

उनले कटुवाल प्रकरणमा पहिलोपटक राष्ट्रपतिबाट असंवैधानिक कदम चालिएको बताए। तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई राष्ट्रपति डा. रामवरण यादवले गरेको थमौतीबाट सुरु भएको उनको भनाइ छ। ‘अहिले पनि राष्ट्रपतिको असंवैधानिक कदम आएको छ। सुरुवात त्यतिबेला नै भएको थियो,’ उनले भने।

प्रकाशित मिति २०७९ असोज ६ गते बिहिबार १०:४९
प्रतिक्रियाहरु