सभापति देउवाले ‘एकलौटी’ गरेको आरोप लगाउँदै शेखर पक्षले थाल्यो यस्तो तयारी

सभापति देउवाले ‘एकलौटी’ गरेको आरोप लगाउँदै शेखर पक्षले थाल्यो यस्तो तयारी

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज ७ गते शुक्रबार ०४:५८

नेपाली कांग्रेसका संस्थापनइतर नेताहरूले शनिबार भेला बोलाएका छन्। सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा ‘एकलौटी’ गरेको आरोप लगाउँदै त्यसको विरोधमा शेखर कोइरालानिकट नेताहरू भेलामा जुट्न लागेका...

नेपाली कांग्रेसका संस्थापनइतर नेताहरूले शनिबार भेला बोलाएका छन्। सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा ‘एकलौटी’ गरेको आरोप लगाउँदै त्यसको विरोधमा शेखर कोइरालानिकट नेताहरू भेलामा जुट्न लागेका हुन्।

नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले शनिबार दिउँसो १ बजे काठमाडौंमा भेला बोलाइएको जानकारी दिए।

कोइरालानिकट पूर्वजिल्ला सभापति, केही जिल्ला सभापति, केन्द्रीय सदस्य र केन्द्रीय सदस्य उम्मेदवारहरूले शुक्रबार स्वयम्भूमा बैठक गरेका थिए।उक्त बैठकले शनिबार भेला गर्ने र सभापति देउवापक्षको एकलौटीपनको विरोध गर्ने निर्णय गरेको थियो।

‘समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा एकपक्षीय ढंगबाट गरिएका छन्। ती नाम संशोधन गर्नुपर्छ,उनले भने, पार्टीभित्र सभापति पक्षले अर्को पक्षलाई समाप्त गर्ने गतिविधि गर्न हुन्न भनेर हामी खबरदारी गर्दैछौं।

उक्त भेलामा शेखर कोइरालालगायत पदाधिकारीलाई बोलाइएको छैन। ‘टिकट वितरण न्यायोचित ढंगबाट हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘समान अवसर र न्यायका लागि हामी खबरदारी गर्दैछौं।

भेला थापागाउँस्थित बानेश्वर बैक्वटमा हुनेछ। कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेबारे भने छलफल गरिसकेको छैन। सत्ता गठबन्धनसँग मिलेर कांग्रेस मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।

कांग्रेसले प्रत्यक्षतर्फ कति सिटमा उम्मेदवारी दिने भन्ने पनि टुंगो लागेको छैन।source-anpurnatimes

प्रकाशित मिति २०७९ असोज ७ गते शुक्रबार ०४:५८
प्रतिक्रियाहरु