फुट्यो गठबन्धन, एक्लै – एक्लै चुनावमा जाने निर्णयले एमालेमा खुसियाली

फुट्यो गठबन्धन, एक्लै – एक्लै चुनावमा जाने निर्णयले  एमालेमा खुसियाली

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १५ गते शनिवार ०८:४८

काठमाडौ । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तीमा भनिएको...

काठमाडौ । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बांटफांडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक

अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।

जसपाले चुनावी तालमेलका लागि नयाँ विकल्पहरु पनि खुला गरेको छ । पहिलो विकल्पमा सकेसम्म गठबन्धन जोगाएर चुनावमा तालमेल गर्ने। दोस्रो, कुनै कारण गठबन्धनमा सहमति नभए मिलेको जति मिलेर जाने र बाकीमा स्वस्थ प्रतिस्पर्धा गर्ने।

तेस्रो, जुनसुकै दलसँग मिलेर भएपनी चुनावमा जाने र आफ्नो सिट सुरक्षीत गर्ने। सत्ता गठबन्धनबिच ९ ठाउँमा दोहोरो दाबी भएका बाहेक अन्य स्थानमा सहमति जुटिसकेको छ । तर जसपाका लागि गठबन्धनले छुट्याएको १४ सिटमा उसले चित्त बुझाएको छैन ।

प्रदेश सभा सदस्यमा पनि जसपा असन्तुष्ट छ । साउन २० गते पाँच दलले मंसिर ४ गते हुने प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० प्रत्यक्ष तर्फका सिट बाँडफाँट गरेर चुनाव लड्ने निर्णय गरेका थिए। गठबन्धनका कारण सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस भित्र पनि चर्को असन्तुष्टी छ ।

धनकुटा, सुनसरी, रुपन्देही–१, रौतहट ४ र महोत्तरी ३ मा जसपाले माग गरेपछी कुरा मिलेको छैन। गठबन्धनका अन्य दलहरुले जसपाले चित्त नबुझाएर एक्लै चुनाव लड्ने निर्णय गरेमा उसका लागि छुट्याएको १४ सिट पनि बाँडफाँट गर्ने तयारी गरेको छ ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ असोज १५ गते शनिवार ०८:४८
प्रतिक्रियाहरु