नेपाली कांग्रेस दुई टुक्रामा बिभाजन: एमालेसँग मिलेर चुनावमा जाने शेखर कोइराला पक्षको घोषणा, देउवा -प्रचण्डलाई नमिठो धक्का

नेपाली कांग्रेस दुई टुक्रामा बिभाजन: एमालेसँग मिलेर चुनावमा जाने शेखर कोइराला पक्षको घोषणा, देउवा -प्रचण्डलाई नमिठो धक्का

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १७ गते सोमबार १०:२४

kathmandu सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको छ । नेपाली काग्रेस...

kathmandu

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको छ । नेपाली काग्रेस भित्रकै शेखर कोइराला पक्ष भने चुनावमा देउवाले नमज्जासँग पेल्ने चिन्ताले पिरोलिएको छ ।

चालिस प्रतिशत भाग माग्दै शेखर कोइराला पक्षका नेताहरु कहिले भेला गर्ने त कहिले आन्दोलन गर्ने गरिरहेका छन् तर पनि पनि शेरबहादुर देउवा पक्ष भने यो पटक गठबन्धन गरेर कोइराला पक्षका केहि नेतालाई टिकट दिए पनि धेरैलाई पेलेरै जाने तयारीमा देखिएको छ ।

अब शेखर कोइराला पक्षसँग कित देउवासँग आत्म समर्पण गर्ने कित विद्रोह गर्ने विकल्प बाँकी रहको बताइन्छ । समानुपातिक तर्फको उमेदवारको बन्द सुचि बुझाउदा पनि शेखर पक्ष नमज्जासँग निचोरिएको छ । अब प्रत्यक्ष तर्फको उमेदवारी दर्ताको मिति नजिक आएका बेला के गर्ने कसो गर्ने भनेर कोइराला पक्ष पिरोलिएको छ ।

देउवाले धेरैनै निचोरमा चुनावनै बहिस्कार गर्ने या एमालेसँग मिलेर देशव्यापी विद्रोही उमेदवार तय गर्ने भन्ने बिषयमा कोइराला पक्ष गम्भिर ढंगले कदम चाल्ने तयारीमा पुगेको छ ।अन्तीम सम्म धेरै सिट लिनका लागी लड्ने तर देउवाले पेलेरै जान खोजे एमालेसँग मिलेर विद्रोह गर्ने पक्षमा समेत कोइराला पक्षका धेरै नेताहरु सहमत भएको बतान्छ ।

त्यसो त केहि समय अद्धि गबठन्धनमा भागबण्डाको सकस परिरहेका बेला काग्रेस नेता शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग डेढ घण्टा लामो गोप्य कुराकानी गरेका थिए। ओली र कोइराला विचको गोप्य कुराकानी दुवै पक्षले गोप्य राख्न खोजे पनि बाहिरिएको छ । दुई नेताविचको कुराकानी बाहिरिए पछि देउवा प्रचण्डहरुको भने ढुकढुकी बढ्ने अवस्था देखिएको छ ।

ओली गृहजिल्ला झापा जानुअघि कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेता कोइरालासँग डेढ घण्टाभन्दा बढी छलफल भएको कोइरालानिकट स्रोतले जनाएको छ । भेटमा समग्र विषयहरुमा खुलेर कुराकानी भएको बताइएको छ । भेटमा भएका कुराकानीको विस्तृत कुराकानीनै बाहिर आएको छ ।

ओलीसँगको भेटबारे कोइरालाले औपचारिक प्रतिक्रिया दिन मानेनन् । बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको हो । ओलीले गठबन्धनका नाममा प्रचण्ड माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आएका छन् ।

केही दिनअघि कांग्रेसका अर्का नेता डा मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

कांग्रेसका एक नेताले भने, ‘ओलीजीले माधव नेपालको केही अर्थ छैन, प्रचण्डले कांग्रेसले सीट नदिए एमालेसँग मिल्छु भनेर तपाईँहरूलाई त्रासमा राखेका छन् तर ढुक्क हुनुस् कुनै हालतमा एमालेले यो चुनावमा माओवादी बोक्दैन त्यसैले एक्ला९एक्लै प्रतिस्पर्धा गरौं भनेर हाम्रा नेताहरूसँग भन्नुभएको छ । तर, कम्युनिष्टको भर छैन भनेर शेरबहादुर दाइ डराइरहनुभएको छ ।

सीट बाँडफाँटमा एक सय निर्वाचन क्षेत्र नछाड्न बुधबारको बैठकमा पनि शेखर कोइराला पक्षले दबाब दिएको थियो । कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । ओलीसँगको कोइरालाको भेटलाई पनि अर्थपूर्ण रूपमा लिन सकिने नेताहरू बताउँछन् ।

क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला ओली र शेखरको भेट भएको हो । कतिपय कांग्रेस नेताहरू ओलीलगायत एमाले नेताहरूसँग नियमित सम्पर्कमा छन् । देउवा र प्रचण्डबाट टिकट खोसिने कांग्रेस नेताहरुलाई एमालेले साथ दिने आश्वासन समेत प्राप्त भएको शेखरनिकट एक प्रभावशाली युवा नेताले बताए ।

पछिल्लो समय गोरखाकै उदाहरण दिने हो भने बाबुरामसमेत गठबन्धनको हिस्सा भएपछि कांग्रेसले प्रतिनिधिसभाका दुवै सीट नपाउने देखिन्छ । राजेन्द्र बजगाईँलगायतका नेताहरू केपी ओलीको सम्पर्कमा पुगेको स्रोतले जनाएको छ ।

कांग्रेसका ती नेताले भने, ‘सीट बाँडफाँट गर्दै देउवा इतर समूहका प्रभावशाली नेताका क्षेत्र माओवादी,समाजवादी र जसपालाई दिने षड्यन्त्र भइरहेको छ । टिकट वितरणमा पनि अन्याय भएपछि कांग्रेसमा ठूलो विद्रोह हुन्छ र त्यो विद्रोही समूहले केपी ओलीको साथ खोज्न सक्छ । उसैपनि गोविन्दराज जोशी र कर्ण मल्लहरूले ओलीको साथ पाइसकेका छन् भने यो संख्या बढ्ने त हो नि ।’

प्रकाशित मिति २०७९ असोज १७ गते सोमबार १०:२४
प्रतिक्रियाहरु