ओलीको सम्पर्कमै नरहेका घनश्याम भुसाल सुुटुुक्क पुुगे प्रचण्ड भेट्न, कुराकानी सुन्दा सबै चकित

ओलीको सम्पर्कमै नरहेका घनश्याम भुसाल सुुटुुक्क पुुगे प्रचण्ड भेट्न, कुराकानी सुन्दा सबै चकित

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १८ गते मङ्गलबार ०५:४०

kathmandu पूूर्वमन्त्री तथा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मंगलबार भुुसाल अध्यक्ष प्रचण्डसँग भेट गर्न खुमलटार गएको स्रोतले जनाएको छ । दिउँसो ४ बजेदेखि साँझ...

kathmandu

पूूर्वमन्त्री तथा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मंगलबार भुुसाल अध्यक्ष प्रचण्डसँग भेट गर्न खुमलटार गएको स्रोतले जनाएको छ ।

दिउँसो ४ बजेदेखि साँझ साढे ५ बजेसम्म भएको भनिएको कुराकानीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । भेटवार्ता माओवादी सचिव वर्षमान पुनको निवासमा भएको हो । छलफलमा नेता पुन पनि सहभागी भएको बताइन्छ ।

यो पनिः छक्कबहादुर लामा एमाले प्रवेश
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन्। लामालाई अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन्।

लामासहित निवर्तमान गाउँपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका माओवादी नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले प्रचार विभागले जानकारी दिएको छ। हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए।

लामाले २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका थिए। त्यसपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए। आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा टिकट दिने शर्तमा उनीसहितको टिम एमालेमा प्रवेश गरेको बताइएको छ।

यस्तै, संविधानसभा सदस्य तथा क्यासिनो व्यवसायी नरेन्द्र साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कार्यक्रममा माओवादी नेता मातृका यादव, केन्द्रीय सदस्य माया बल, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी लगायतको सहभागिता थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई खादा र अबिर लगाएर आफ्नो पार्टीमा भित्र्याएका छन्। संघीय निर्वाचनमा सर्लाही ३ मा प्रत्यक्ष चुनाव ल’ड्न टिकट पाउने निश्चित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका स्रोतले जनाएको छ।

०७४ को निर्वाचनमा साह महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका थिए। ०४७ को निर्वाचनमा उनले स्वतन्त्रबाट सर्लाही ३ मा संघीय चुनाव ल’डेका थिए।

त्यतिबेला माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुँदा गुलाब चिह्नमा चुनाव लडे’का साह तेस्रो भएका थिए। दोस्रो मत कांग्रेस उम्मेदवारले ल्याएका थिए।

चुनाव जितेकाका यादवले २२३६७ भोट ल्याएका थिए भने दोश्रो भएका कांग्रेसका हरेश प्रसाद महतोले १४९२९ मत ल्याएका थिए । स्वतन्त्र उठेका नरेन्द्र साह कलवारले १२०८६ लोकप्रिय मत ल्याएका थिए ।

प्रकाशित मिति २०७९ असोज १८ गते मङ्गलबार ०५:४०
प्रतिक्रियाहरु