चितवन ३ बाट रवि लामिछानेले उम्मेदवारी दिने कन्फर्म भए पछि प्रचण्ड भागे गोर्खा तिर

चितवन ३ बाट रवि लामिछानेले उम्मेदवारी दिने कन्फर्म भए पछि प्रचण्ड भागे गोर्खा तिर

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १९ गते बुधबार १२:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने लड्ने तयारी गरेका छन् । सभापति रविका दाहिने हात मानिने दिपक बोहोराले सामाजिक...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने लड्ने तयारी गरेका छन् । सभापति रविका दाहिने हात मानिने दिपक बोहोराले सामाजिक सञ्जाल फेसबुकमार्फत चर्चित पत्रकार विजयकुमार पाण्डेले केही महिना अघि लेखेको स्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने लड्ने तयारी गरेका छन् ।

सभापति रविका दाहिने हात मानिने दिपक बोहोराले सामाजिक सञ्जाल फेसबुकमार्फत चर्चित पत्रकार विजयकुमार पाण्डेले केही महिना अघि लेखेको स्टाटसलाई स्मरण गर्दै सेनापतिसँग सेनापति नै भिड्न सक्ने सम्भावना ह्वात्तै बढेको बताएका हुन् ।

उनले लेखेका छन्ः सभापति जस्तो मान्छेले फुच्चे-फाच्चेसंग चुनाव के लडनु ! शास्त्रमा भनिएको छ-‘सेनापतिले,सेनापतिसंगै युद्द गर्ने छ। उसले पदिकमाथी प्रहार गर्ने छैन।’ हेरौ !

यी दुई लाईन तीन महिना अघि Vijay Kumar Panday दाइले लेख्नुभएकाे Status बाट हाे । विजय दाइले भने जस्तै शास्त्रले पनि चितवन ३ नै जुराउला जस्तो छ ।’ हेरौ !

तर यता प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न सत्ता गठबन्धन चितवनले आग्रह गरेको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत रहएका अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने गठबन्धनले ठहर गरेको छ ।

आगामी मंसिर ४ गते हुने संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डलाई गठबन्धनले आग्रह गरेको छ। बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

प्रकाशित मिति २०७९ असोज १९ गते बुधबार १२:४९
प्रतिक्रियाहरु