रित्तियो एकीकृत समाजवादी सबै नेता-कार्यकर्ता एमालेमा प्रवेश

रित्तियो  एकीकृत समाजवादी सबै  नेता-कार्यकर्ता एमालेमा प्रवेश

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २१ गते शुक्रबार ०८:३४

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी...

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन ।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन ।

गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा  १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठकका कारण विहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन् ।

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन

उनले भने, ‘अधिकांश नेताको क्षेत्र निश्चित छ । प्रदेशमा अलिकति मिलाउनुपर्छ होला । उम्मेदवार चयनमा धेरै समस्या हुने देखिँदैन

विहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको थियो ।

गठबन्धनमा सहमति भएपछि कुनै पनि बेला बालुवाटार आउनुपर्ने भन्दै नेताहरुलाई स्ट्यान्ड बाइ बस्न भनिएको थियो । तर विहीबार राति ८ बजेसम्म बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि कांग्रेस नेताहरुलाई बालुवाटार नबोलाइएको बुझिएको छ ।

 

 

प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार ०८:३४
प्रतिक्रियाहरु