Kathmandu
नेकपा एमालेका नेता भिम रावलले मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उमेदवार बन्ने ढोका बन्द भएको छ । रावललाई टिकट नदिने गरी एमालेले निर्णय गरेको छ ।
अघिल्लो पटकको निर्वाचनमा अछाम क्षेत्र नम्बर १बाट निर्वाचित भएका रावलको नाम यस पटक पनि एमाले अछाम जिल्ला कमिटिबाट सर्वसम्मत सिफारिस भएर आएको थियो ।
जिल्ला कमिटिबाट सर्वसम्मत सिफारिस भएर आएको भए पनि एमाले नेतृत्वले रावलको नाम काटेको छ ।
रावलको ठाउँमा झपट बोहोरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका न् । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।
यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।अछाम जिल्ला कमिटीले रावलको
नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन । नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए ।
१० भाईले परिचित रावल लगायतका नेताहरु एमाले विभाजन भएर बनेको नेकपा एसमा गएका थिएनन् । एमालेमै फर्किएका १० मध्ये रावल,
धनश्याम भुसाल र भीम आचार्यले १० औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।
रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाको टिकट कैलाली २ मा झपट रावलले नै पाएका छन् । त्यस्तै नेकपा एसबाट फर्किएका तारा लामा तामाङले कञ्चनपुर २ मा टिकट पाएका छन् ।
गत मंसिरमा भएको एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्षका लागी रावलले केपी ओलीसँग प्रतिष्पर्धा गरेका थिए ।
सर्वसम्मत नेतृत्व चयनको लागी बाधक बनेका रावलको त्यस बेला देखीनै एमाले भित्र चर्को आलोचना भएको थियो । रावलले संसदमा पनि पटक पटक पार्टीको ह्विप उलघंन गरेका थिए ।
जिल्ला कमिटिबाट रावलको नाम सर्वसम्मत भएर आए पछि सुदुरपश्चिमका एमाले नेताहरुले उनलाई टिकट नदिनका लागी पार्टी अध्यक्ष केपी ओली समक्ष डेलिडेसननै गएका थिए ।
अध्यक्ष ओलीले एक पटक रावलसँग आफैँ भेटेर कुरा गर्न खोजे पनि रावल भेट्न नगए पछि उनको टिकट खोसिएको हो । बोहोरा तत्कालिन समयमा माओवादी केन्द्रमा नफर्कि एमालेमै बसेका थिए । अप्ठेरो समयमा साथ दिएका उनलाई ओलीले गुनको पैचो तिरेका छन् । source: otvnepal
प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार ०७:०२