मकवानपुर । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा...
मकवानपुर । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा ताला लगाएका छन् ।
हेटौंडा–५ स्थित पुष्पलाल पार्कनजिक रहेको एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले कमल थापालाई उम्मेदवार बनाउने निर्णयमा जिल्ला नेतृत्व मौन रहेको भन्दै भोटे ताल्चा लगाएका हुन् ।
मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रयी सदस्य एवं जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।
पार्टी अध्यक्ष ओलीले आफूखुसी निर्णय गरेको भन्दै एमाले हेटौडाका कार्यकर्ता असन्तुष्टि बनेका छन् । उनीहरुले कमल थापालाई मत दिन नसकिने भन्दै ओलीले आफ्नो निर्णय सच्चाउन माग गरेका छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७