लेखेर राख्नुहोस आगामी चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

लेखेर राख्नुहोस आगामी चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ २८ गते बुधबार ०७:११

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने बताएका छन्। बुधबार राजधानीमा आयोजित नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै...

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने बताएका छन्। बुधबार राजधानीमा आयोजित नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्’।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एउटा भँगेराको कथा सुनाउँदै ओलीका खुट्टीबारे आफूलाई थाहा भएको बताउँदै आगामी चुनावमा उनको जमानत जफत हुने बताएका हुन्’। मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौँ’। आगामी चुनावमा दुई तिहाई होइन, तपाईंको जमानत जफत हुनेछ’, नेता खनालले भने, अब दुई वर्षपछि यो देशमा चुनाव हुनेछ। त्यत्तिबेला तपाईंको जमानत जफत हुँदैछ।’

नेता खनालले नेकपाको यो आन्दोलन प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनका लागि नभएर केपी ओलीले ध्वस्त बनाएको संविधानको रक्षाका लागि अगाडि बढाएको बताए’।

हामीहरु कमरेड प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन एउटा कुर्सीका लागि लडिराखेका छैनौँ’,खनालले भने, केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका निम्ति लडिराखेका छौँ।केपी ओली पतन भएको र पशुपतिनाथमा गएर क्षमापूजा गर्ने अवस्थामा पुगेको टिप्पणी खनालले गरेका छन्’।

नेता खनालले संसद पुनस्र्थापनाका लागि हुन लागेको संयुक्त आन्दोलनमा सहभागी हुन सबैलाई आह्वानसमेत गरेका छन्। ‘संयुक्त आन्दोलनबाट संसद पुनस्र्थापनाको विकल्प छैन’, उनले भने, ‘संविधानको रक्षा गरौँ’ र समाजवादतर्फ अगाडि बढौँ।

प्रकाशित मिति २०७७ माघ २८ गते बुधबार ०७:११
प्रतिक्रियाहरु