मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत अब डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग मल्लको भि’डन्त हुने भएको हो ।
नेपाली कांग्रेसमा रहेर निरन्तर चुनावमा देउवालाई सहयोग गर्दै आएका मल्ल यसवर्ष भने देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा देउवाविरु’द्ध चुनाव जित्न नेकपा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।
यसैबीच मल्लले डडेल्धुरामा देउवाले पैसा बाँड्न सुरु गरेको बताएका छन् । तर, उनले डडेल्धुरामा देउवाले पैसा बाँडेपनि भोट भने मतदाताले आफूलाई दिने बताए ।
मल्लले भने, ‘ डडेल्धुराका ९२ हजार मतदाताले अब परिवर्तनको लागि मलाई जिताउनेमा ढुक्क छु । अहिलेसम्म जुन मान्छेलाई भोट दियो । त्यस मान्छेबाट यहाँका जनताले अ’पमानित हुनुपर्यो ।
अब त्यो दिन आउने छैन्। अर्को कुरा यहाँ पैसा वितरण गर्न सुरु भइसकेको छ । तर, यसवर्ष यहाँका जनताहरूले त्यो पैसा खाएर भोट भने पैसा दिने मान्छेलाई हाल्दैनन् भन्नेमा ढुक्क छु ।













