रवि लामिछानेले किन अर्को घर, कति पर्‍यो मूल्य ?पैसा कहाँ बाट आयो?

रवि लामिछानेले किन अर्को घर, कति पर्‍यो मूल्य ?पैसा कहाँ बाट आयो?

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २९ गते शनिवार १०:३६

पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्को घर किनेका छन् । उनले चितवनबाट आगामी मंसिर ४ गतेको चुुनावमा उठ्ने तयारीसँगै चितवनमा घर किनेका हुुन् । उनी पूूजापाठ गरेर नयाँ घरमा सरेका छन्। पुजा...

पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्को घर किनेका छन् । उनले चितवनबाट आगामी मंसिर ४ गतेको चुुनावमा उठ्ने तयारीसँगै चितवनमा घर किनेका हुुन् ।

उनी पूूजापाठ गरेर नयाँ घरमा सरेका छन्। पुजा पाठसहित घर प्रवेश गरेको फोटो रवि पत्नि निकिता पौडेलले सामाजिक सञ्जाल फेसवुकमा शेयर गरेकी छिन्।

फोटो शेयर गर्दै उनले लेखेकी छिन्–‘कठिन बाटोहरूले अक्सर सुन्दर गन्तव्यहरूमा पु(याउँछ, उत्तम अझै आउन बाँकी छ। हाम्रो दोस्रो घर चितवन।’

रवि नयाँ घर सरेको चर्चा वाहिरिएपछि धेरैले उनलाई शुभकामना दिएका छन्। तर कतिपयले भने प्रधामन्त्री आरजु राणाको प’दचाप भन्दै आलोचना गरेका छन् भने कतिपयले यत्रो घर खरिद गर्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्।

शिसम शर्मा नामका फेसवुक प्रयोगकर्ताले ‘घर पनि जता गयो उतै किन्न सक्ने पत्रकारिता कै अ’कुत पैसा होला कि कहाँ बाट आयो ?’ भन्दै प्रश्न गरेका छन् भने शरोज काफ्लेले ‘हिजो रविले अहिले घर किन्ने पैसा छैन चितवनमा भाडामा बस्ने हो भन्ने कुरो चौबीस घण्टा नहुँदै दोस्रो घर चितवनमा कसरि भयो, फटाई धेरै समय टिक्दैन विचार गर्नुस !’ भन्दै टिप्पणी गरेका छन्।

कतिपयले भने यो घर मासिक ५० हजारमा भाडामा लिएको बताएका छन्। तर निकिताले ‘हाम्रो दोस्रो घर’ भन्दै फेसवुकमा लेखेको र उनका आफन्तको भनाईका आधारमा घर खरिद गरेकै हो भन्ने धेरैको अनुमान छ।

लामिछानेले गत असोज २३ मा आफ्नो उम्मेदवारी चितवन २ बाट दिएसँगै चितवनमै बसाई सर्ने बताएका थिए । सो घोषणाको केही दिन नबित्दै उनले चितवनमै घर किनेका हुुन् । यसको मूूल्यबारे भने केही बताइएको छैन।

प्रकाशित मिति २०७९ असोज २९ गते शनिवार १०:३६
प्रतिक्रियाहरु