गोरखा ः बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढ वर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन्।
गोरखामा शनिबार आयोजित गठबन्धन दलहरूको...
गोरखा ः बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढ वर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन्।
गोरखामा शनिबार आयोजित गठबन्धन दलहरूको अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले सो आरोप सच्चिएको बताएका हुन्।
’बूढीगण्डकी योजना राष्ट्रिय गौरवको योजना हो, र त्यो एउटा गेमचेञ्जर योजना हो, त्यसैले त्यसले प्राथमिकता पाउनै पर्छ। नेपाल आफैंले बनाउनै पर्छ। तर केही असमझदारीवश हामीले अलिकति बांगोटिंगो बाटो लिन खोज्यौँ’, उनले भने।
कमिशनको आरोपबारे प्रष्टिकरण दिँदै उनले त्यतिबेला अलिकति आलोचना गरेको बताए। ’किनकि नेपाल आफैंले बनाउनु पर्ने त्यो बूढीगण्डकी कताकता कसको खेलमा हो, बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचना पाएको थिएँ। त्यसको आधारमा मैले त्यो (नौ अर्ब भ्रष्टाचारको बारेमा) बोलेकै हो। तर त्यो अहिले सच्चिएको छ। म के खुशी व्यक्त गर्न चाहन्छु भने अब बूढीगण्डकी नेपालले बनाउने निर्णय गरेको छ। त्यसै भएको हुनाले बूढीगण्डकीबारे अब हाम्रो विवाद छैन।’
अब बूढीगण्डकी छिटो बनाउने अभिभारा गोरखाबाट निर्वाचित भएपछि प्रचण्डको काँधमा जाने उनले बताए। सोही आरोपका विषयमा पछिल्ला वक्ता प्रचण्डले आरोप सच्याउन जरुरी रहेको बताएका थिए।
’बाबुरामजीले बूढीगण्डकी परियोजनाको बारेमा जुन सूचनाका आधारमा आरोप लगाउनु भएको थियो, त्यो सच्चियो भन्नुभएको छ, धन्यवाद’, उनले भने, ’त्यसलाई हामी आफैले बनाउने निर्णय गरेका छौँ, त्यो अगाडि बढेको छ। तपाईंले मलाई बलियो बनाउनु भयो भने त्यो तीब्रगतिमा अघि बढ्छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७