सन्दीप लामिछानेको बयान सकियो, सीसीटीभीमा देखिएको दृश्य र उनको बोली एउटै !

सन्दीप लामिछानेको बयान सकियो, सीसीटीभीमा देखिएको दृश्य र उनको बोली एउटै !

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २ गते बुधबार ०८:४६

क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको...

क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् ।

उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको छ । उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।

उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको ब’यान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै को’ठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।

सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसी’टीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।

सन्दीपका अधिवक्ताहरूले पी’डित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वका’लत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ ।

ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको व’किलहरूले बताएका छन् ।

२३ गते म्याद थप भएपछि अ’दालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अ’धिवक्ता सुधा रिमालले आफूहरूसँग पी’डित भनिएकी किशोरी नाबा’लिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्या’द थपका लागि असोज २७ गते जिल्ला अ’दालत काठमाडौंमा उपस्थित गराएको थियो । पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदा’लतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।

प्रकाशित मिति २०७९ कार्तिक २ गते बुधबार ०८:४६
प्रतिक्रियाहरु