स्पष्टिकरण सोध्दा ठूला कुरा गर्ने माधव नेपाललाई प्रमुख निर्वाचन आयुक्तले दिए मुखभरिको जवाफ, नेकपा एसमा खैलाबैला

स्पष्टिकरण सोध्दा ठूला कुरा गर्ने माधव नेपाललाई प्रमुख निर्वाचन आयुक्तले दिए मुखभरिको जवाफ, नेकपा एसमा खैलाबैला

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ५ गते शनिवार १०:५३

kathmandu विना ढेउवाके फ्रि भिसा , फ्रि टिकटमा विदेश पठाइदिने भन्दै रौतहटमा भोट मागेका गठबन्धन दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई निर्वाचन आचारसंहिता उलघंन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिरकरण सोधेको थियो तर नेपालले...

kathmandu

विना ढेउवाके फ्रि भिसा , फ्रि टिकटमा विदेश पठाइदिने भन्दै रौतहटमा भोट मागेका गठबन्धन दल नेकपा एसका अध्यक्ष

माधव कुमार नेपाललाई निर्वाचन आचारसंहिता उलघंन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिरकरण सोधेको थियो तर नेपालले उल्टै ठूला कुरा गरे पछि यो बिषयले नयाँ रुप लिएको छ ।

माधव कुमार नेपालले आफुलाई भाषण कसरी गर्ने हो भनेर पनि निर्वाचन आयोगले सिकाइदिनु पर्यो भन्दै टर्रो कुरा गरे पछि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार कुमार थपलियाले नेपालको नाम नलिइकन स्वादिलो जवाफ दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले स्पष्टिकरण सोध्दा मात्रै पनि कोकोहोलो मच्चिएको बताएका छन् ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल प्रति संकेत गर्दैै थपालियाले एक हप्ता पछि निर्वाचन आयोगले गर्ने निर्णयले भुकम्पनै आउन सक्ने बताएका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको शुक्रबार प्रदेश नं १ विराटनगरमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई यसको प्रारम्भ मात्र भएको बताएका छन् ।

राजनीतिक दलका नेता आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्ने र किन पालना भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाएको थपलियाले बताए ।

स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरिएको उनको भनाई छ ।स्पष्टीकरणले तरङ्ग

पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि रु निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । जुन राजनीतिक दलकै अनुरोधमा तयार गरिएको हो ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । source: otvnepal

प्रकाशित मिति २०७९ कार्तिक ५ गते शनिवार १०:५३
प्रतिक्रियाहरु