डढेलधुरामा हङ्गामा: काग्रेसलेनै देउवालाई भोट नहाल्ने, विज्ञप्तीनै जारी गरेर गर्यो पुरै पार्टी खलबलिने घोषणा !

डढेलधुरामा हङ्गामा: काग्रेसलेनै देउवालाई भोट नहाल्ने, विज्ञप्तीनै जारी गरेर गर्यो पुरै पार्टी खलबलिने घोषणा !

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ६ गते आईतबार ०९:४५

kathmandu सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट डढेलधुरा जिल्लाबाट उम्मेदवार बनेका छन् । देउवालाई काग्रेसलेनै भोट नहाल्ने निर्णय गरे...

kathmandu

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट डढेलधुरा जिल्लाबाट उम्मेदवार बनेका छन् । देउवालाई काग्रेसलेनै भोट नहाल्ने निर्णय गरे पछि यतिखेर निकै हल्लीखल्ली मच्चीएको छ ।

डढेलधुराको भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्री शेरबहादुर देउवासँगमात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ ।

डढेलधुराबाट नेपाली काग्रेस विपीका वरिष्ठ उपसभापती कर्ण मल्लले पनि उमेदवारी दिएका छन् । लामो समय सम्म देउवाकै सहयोगी भएर काम गरेका मल्ललाई सिरियस क्यान्डीडेटका रुपमा हेरिएको छ । यस पटक जसरी पनि देउवालाई हराएरै छोड्ने भन्दै मल्ल मैदानमा उत्रिएका छन् ।

युवा इन्जीनियर सागर ढकाल पनि देउवालाई हराउने भन्दै डढेलधुरा पुगेका पुगेका छन् । स्वतन्त्र उमेदवारी दिएर निर्वाचनमा होमिएका उनी अहिले चुनावी क्याम्पियनमा व्यस्त छन् । सागरको चर्चा सामाजिक संजालमा राम्रो भए पनि भुगोलमा उनले केहि मत मात्रै प्रभावित पार्न सक्ने बताइएको छ ।

 

प्रकाशित मिति २०७९ कार्तिक ६ गते आईतबार ०९:४५
प्रतिक्रियाहरु