काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धन बनेको बताएका छन्।
काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन्।
उनले भने, ‘यो गठबन्धन हिजो, आज र भोलिको आवश्यकता हो। पाँच दलका नेता एकतावद्ध हुन जरुरी छ। यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन्।’ देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए।
देउवाले भने, ‘लहडले गठबन्धन बनेको होइन। राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता छ।
आगामी मसिंर ४ गते हने निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नयाँ रेकर्ड राख्ने पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले बताएका छन्।
अन्य प्रतिस्पर्धीको भन्दा अत्यधिक मत ल्याएर प्रधानमन्त्री देउवाले नयाँ रेकर्ड कायम गर्ने नेता साउदले बताएका हुन्।
सदरमुकाम अमरगढीमा आयोजना गरिएको लोकतान्त्रिक-बाम गठबन्धनको संयुक्त शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा नेता साउदले प्रधामन्त्री देउवा लोकतन्त्र र सविधानको रक्षार्थ युगपुरुष र माहानायकको भूमिका खेलेर आफ्नो छुट्टै पहिचान र छवि वनाई सयुक्त गठबन्धनका नेता भएको जिकिर गरे।
यसका साथै उनीसँग प्रतिस्पर्धा गर्ने अन्य पार्टीका उम्मेदवार नै नभएको दावी गरे। यसका साथै मुख्य प्रतिस्पर्धी मानिएको माओवादी आफूसँग नै सहकार्यमा रहेको र एमालेले उम्मेदवार नै दिन नसकेको नेता साउदले स्मरण गराए।
सातौं पटक उम्मेदवारी दर्ता गराई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उभिएका पार्टी सभापति तथा प्रधानमन्त्री देउवा देश र जनताका लागि आवश्यक महापपुरुष भएको गठबन्धनका नेताहरूले बताए।
देशलाई संकट पर्दा लोकतन्त्रको रक्षाका लागि देउवाले हरेक समयमा देशको नेतृत्व सबल ढंगले पूरा गरेको प्रधानमन्त्री देउवासँग तीन पटक प्रतिस्पर्धामा उभिएका गठबन्धनका नेता तथा माओवादी केन्द्रका नेता खगराज भट्टले बताए।
२०७४ को निर्वाचनमा नेता भट्ट देउवासँग दोब्बर मतले पछाडि परेका थिए। नेता भट्ट देउवासँग २०६४, ०७०, ०७४ मा प्रमुख प्रतिस्पर्धीका रूपमा उभिएका थिए। अहिले माओवादी केन्द्रका नेता भट्ट सत्ता गठबन्धनका तर्फबाट क्षेत्र ‘क’ का उम्मेदवार हुन।
Source- anpurnapost
प्रकाशित मिति २०७९ कार्तिक ७ गते सोमबार ०३:२०