कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारमा को उठ्ने भनेर भयो सहमति, यस्तो छ भित्री समीकरण

कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारमा को उठ्ने भनेर भयो सहमति, यस्तो छ भित्री समीकरण

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ८ गते मङ्गलबार ०८:४५

Kathmandu नेपाली कांग्रेसले निर्वाचनको परिणामपछि मात्र प्रधानमन्त्रीको उमेदवार टुंगो लगाउने भएको छ । एमालेले आगामी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ । कांग्रेसमा भने रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक...

Kathmandu

नेपाली कांग्रेसले निर्वाचनको परिणामपछि मात्र प्रधानमन्त्रीको उमेदवार टुंगो लगाउने भएको छ ।

एमालेले आगामी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ । कांग्रेसमा भने रामचन्द्र पौडेल, शेखर कोइराला,

शशांक कोइराला, गगन थापासहितका नेताहरूले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा देखाइरहेका छन् । कांग्रेसले प्रधानमन्त्रीको उमेदवारका रूपमा कसैलाई अघि सारेको छैन ।

सोमबार कांग्रेसले गरेको पत्रकार सम्मेलन प्रवक्ता डा. प्रकाशशरण महतलाई सञ्चारकर्मीले कांग्रेसबाट आगामी प्रधानमन्त्रीबारे प्रश्न गरेका थिए ।

जवाफमा महतले प्रधानमन्त्रीको टुंगो निर्वाचनपछि गठन हुने संसदीय दलपछि लाग्ने बताए । अहिले कांग्रेसमा बोल्न छुट भएकाले नेताहरूले आफूलाई नेताहरूले आगामी प्रधानमन्त्रीको उमेदवारका रूपमा प्रस्तुत गरिरहेको उनको भनाइ छ ।

“हाम्रो पार्टीमा बोल्ने अधिकार छ । त्यही भएर बोलेको हो । पहिला निर्वाचन जाऔँ । जितेर संसद् पुगौँ र संसदीय दलको नेता बने भइहाल्यो । त्यसपछि प्रधानमन्त्री खोज्ने हो । अहिले समय आएको छैन । अहिले ९१ सिटमा सबै जित्ने र गठबन्धन जिताउन लागौँ । त्यसपछि प्रधानमन्त्रीतिर लागौँला,” उनले भने ।

उनले आगामी चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने पनि बताए ।  “पार्टी सभापति संसदीय दलको नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा चुनाव लडौँ । कांग्रेसकै नेतृत्वमा सरकार बन्छ,” महतले भने ।

अर्थात् महतले पार्टी सभापति शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्रीको उमेदवार बन्नेतर्फ संकेत गरे । हुन पनि कांग्रेसमा अहिलेको अवस्थामा देउवाले नचाहेसम्म दोस्रो व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने देखिन्छ ।

बाह्खरीकाे सहयाेगमा ।

 

प्रकाशित मिति २०७९ कार्तिक ८ गते मङ्गलबार ०८:४५
प्रतिक्रियाहरु