नेकपा एमालेलाई मधेसमा झड्का लागेको छ ‘। संविधान सभा सदस्य तथा एमाले मधेस प्रदेश कार्य समिति सदस्य जय प्रकाश यादव नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
नेकपा एकिकृत समाजवादी बाराले बिहिबार निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजना’ गरेको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले यादवलाई पार्टीमा प्रवेश गराएका हुन्।
नेता नेपालले यादव सहित एमाले ‘र जसपाका तीन दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई टिका र माला लगाएर पार्टीमा प्रवेश गराएका छन्। कार्यक्रममा बोल्दै नेता नेपालले नेपाललाई बि’खण्डन गर्ने समुहलाई पराजित गर्न आफुहरुले गठबन्धन गरेर निर्वाचनमा भाग लिएको बताए।
केपी ओलीबाट लोकतन्त्रलाई नै समाप्त पार्ने खेल गरिएकोले आफुहरु गठबन्धन गरेर देशमा लोकतन्त्रलाई बचाउने काम गरिएको उनले दाबी गरे। देशमा लोकतन्त्र बचाउने अभियानमा लागेको सत्ता गठबन्धनको उम्मेदवारलाई निर्वाचनमा बिजयी बनाउन आग्रह नेपाले गरे’।
निर्वाचन क्षेत्र नम्बर ४ मा तनहुँबाट आएका किसान क्षेत्रको नियत साफ भएकोले नेपाली काँग्रेस, माओवादी र लोसपाका नेता कार्यकर्ताहरुले निर्वाचनमा श्रेष्ठलाई बिजयी बनाउनु पर्ने नेपालले आग्रह गरे’।
मंसिर ४ गतेको निर्वाचनमा एमालेको नराम्रोसँग हार र गठबन्धनको जित हुन नेपालले दाबी गरे। कार्यक्रमा एकिकृत समाजवादीका नेता तथा सत्ता गठबन्धन तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार किसान श्रैष्ठले किसान र बेरोजगारीको समस्य समाधन गर्नको लागि आफु यस क्षेत्रबाट उम्मेदवार बनेको बताए’।
निर्वाचित बने पछि किसानलाई राजयबाट दिने सेवा सुविधाका लागि पहल गरिने र बेरोजगार युवालाई रोजगारी दिने कार्यमा’ लागिने आश्वासन श्रेष्ठले दिए।
कार्यक्रममा एसका नेता दिनेश राई, काँग्रेस नेतृ नारायणी रायमाझी, नव प्रवेशी जयप्रकाश यादव लगाएतकाले ओलीबाट देशलाई ख’तरा रहेकोले आउने निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई निर्वाचन गराउन आग्रह गरेका छन्’।
प्रकाशित मिति २०७९ कार्तिक ११ गते शुक्रबार ०८:४६