यसकारण काठमाडौंमा पनि सून्यमा पुग्ने अवस्थामा पुग्यो माधवको नेकपा एस (हिसाबकिताब सहित)

यसकारण काठमाडौंमा पनि सून्यमा पुग्ने अवस्थामा पुग्यो माधवको नेकपा एस (हिसाबकिताब सहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १५ गते मङ्गलबार ०२:२९

काठमाडौं नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित छजना नेकपा एमाले मै फर्किनु भएको छ । आज बसुन्धारामा आयोजित एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास...

काठमाडौं

नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित छजना नेकपा एमाले मै फर्किनु भएको छ । आज बसुन्धारामा आयोजित एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमा फर्किनु भएको हो ।

उहाँहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गर्नुभयो । राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

एमाले प्रवेश गरेका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै दृष्टिकोण नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताउनु भयो ।

श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ को युवा परिचालनको सचिव भएर काम गर्नुभएको थियो । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उहाँले बताउनु भयो । उहाँले काठमाडौंसहित अव देशभर नेकपा एस सकिने ठोकुवा पनि गर्नुभयो ।

जब प्रधानमन्त्री पत्नी आरजुलाई मधेश प्रदेशको नामै थाहा भएन

जनकपुरधाम- प्रदेश नम्बर २ को नामकरण मधेश प्रदेश भएको एक वर्ष बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु देउवा राणा अनभिज्ञ छिन् ।

छठी माताको पूजाआजा गर्न जनकपुरधाम आएकी राणाले सोमबार पत्रकारहरूसँगको भेटघाटमा पटक-पटक प्रदेश नम्बर २ भनिरहँदा पत्रकारहरूले प्रदेशको नामकरण मधेश प्रदेश भइसकेको जानकारी गराएपछि उनले यो कहिले भएको हो आफूलाई थाहै भएन भन्ने अनभिज्ञता प्रकट गरिन् ।

पत्रकारहरूले उनलाई जानकारी गराइसकेपनि पटक-पटक आफ्नो सम्बोधन प्रदेशको नाम मधेश प्रदेश नलिई प्रदेश नम्बर २ नै भनी रहिन् । प्रदेश नम्बर २ मात्र होइन अन्य प्रदेशको नाम उनलाई थाहा नभएको भन्ने कुरा उनको सम्बोधनले प्रष्ट भएको छ ।

आफू मातृ तथा शिशुको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा छुट्टै शिशु अस्पताल नै खोल्ने पहल गरिरहेको जानकारी दिँदै प्रदेशको पुरानै नाम दोहर्‍याइन् ।

साथै पत्रकारहरूको जिज्ञासामा उनले कांग्रेससहित गठबन्धन घटक दलका असन्तुष्टहरूलाई समेट्ने प्रयास भइरहेको बताइन् । कांग्रेससहित गठबन्धन घटक दलहरूमा अवसर नपाएका नेता/कार्यकताहरू असन्तुष्ट रहेको स्वीकार गर्दै उनले भनिन्, ‘तिनीहरूलाई समेट्ने प्रयास भइरहेको छ ।

 

प्रकाशित मिति २०७९ कार्तिक १५ गते मङ्गलबार ०२:२९
प्रतिक्रियाहरु