काठमाडौँ ।
रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् ।देशको संवैधानिक फूलहरूको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे ।
भुसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत सङ्कटमा पार्ने गरी बगैँचा उजाड बनाउने कोसिस गर्यो ।’
शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कुरा गर्दै भुसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमानदार रहे पनि नेतृत्व भने गलत तर्क गरे । ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमारा झारको चरित्र देखाएको भुसालको भनाइ छ ।
कमल थापाहरू सूर्य चिन्हबाट चुनाव लडेको तर्फ सङ्केत गर्दै भुसालले भने, ‘पञ्चहरूले एमालेको चिन्ह लिएर लड्ने तर पार्टीमा वर्षौँसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने ? यस्तो पनि हुन्छ ?’ आफूले साढे ४ दशक पसिना बगाएको पार्टीबाट विद्रोह गरेको उल्लेख गर्दै उनले इमान्दार एमाले कार्यकर्ताहरूले आफूलाई साथ दिने बताए ।
अरुणाचल प्रदेशमा चीनको दाबी
अरुणाचल प्रदेशलाई लिएर चीनले विगतमा लगातार दाबी गर्दै आएको छ । अर्कोतिर भारतले हरेक पटक त्यसको कडा शब्दमा खण्डन गर्दै आएको छ । चीनले अरुणाचल प्रदेशलाई आफ्नो भूमि दाबी गर्दै दक्षिण तिब्बत भन्छ ।
आफ्नो दाबीलाई बलियो बनाउन चीनले भारतका वरिष्ठ नेता तथा अधिकारीहरूको अरुणाचल प्रदेश भ्रमणमा पनि आपत्ति जनाउँदै आएको छ । चीनले यस वर्ष अक्टोबरमा भारतका उपराष्ट्रपति वेंकैया नायडूको भ्रमणको विरोध गर्दै भारतले सीमा विवादलाई विस्तार गर्ने कुनै पनि काम गर्न नहुने बताएको थियो ।
चीनको यस आपत्तिमा भारतले भारतीय नेताको अरुणाचल प्रदेश भ्रमणमा आपत्ति जनाउनुको कुनै तर्क नभएको चीनलाई बताएको थियो । त्यसअघि पनि चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहको २०१९ मा अरुणाचल भ्रमणको विरोध गरेको थियो । सन् २०२० मा गृहमन्त्री अमित शाहको अरुणाचल भ्रमणमा पनि चीनले आपत्ति जनाएको थियो ।
दक्षिणी तिब्बत
भारत र चीनबीच करिब ३,५०० किलोमिटर लामो सीमालाई लिएर विवाद जारी छ, जसलाई वास्तविक नियन्त्रण रेखा वा एलओसी भनिन्छ । सन् १९१२ सम्म तिब्बत र भारतबीच कुनै स्पष्ट सीमा रेखा कोरिएको थिएन् ।
यी क्षेत्रहरूमा मुगल र बेलायतको नियन्त्रण थिएन् । भारत र तिब्बतका जनता पनि स्पष्ट सीमा रेखाको बारेमा जानकार थिएनन् । बेलायती शासकहरूले पनि त्यसको वास्ता गरेनन् ।
तवाङमा बौद्ध मन्दिर भेटिएपछि सीमा रेखाको मूल्याङ्कन सुरु भयो । चीनले तिब्बतलाई कहिल्यै पनि स्वतन्त्र राष्ट्र मानेको छैन । सन् १९१४ को शिमला सम्झौतामा पनि चीनले त्यसलाई स्वीकार गरेको छैन । सन् १९५० मा चीनले तिब्बतलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको लिएको थियो । चीनले तवाङलाई तिब्बती बौद्धहरूका लागि अति महत्त्वपूर्ण भाग बनाउन चाहेको थियो ।
चीन र तिब्बत
सन् १९४९ मा माओ त्सेतुङले जनवादी गणतन्त्र चीनको स्थापना गरेका थिए । १ अप्रिल १९५० मा भारतले चीनलाई मान्यता दियो र कूटनीतिक सम्बन्ध स्थापना गर्यो । चीनलाई मान्यता दिने भारत पहिलो गैर–कम्युनिष्ट देश बनेको थियो ।
सन् १९५४ मा भारतले तिब्बतमाथि चिनियाँ सार्वभौमसत्ता स्वीकार गरेको थियो । अर्थात् भारतले तिब्बत चीनको हिस्सा हो भनेर सन् १९५४ मा स्वीकार गर्यो । ‘हिन्दी–चीनी, भाइ–भाई’ नारा पनि लगाइएको थियो ।
सन् १९१४ मा सिमला सम्झौता अन्तर्गत म्याकमोहन रेखालाई अन्तर्राष्ट्रिय सिमाना मानिन्थ्यो तर सन् १९५४ मा भारतका पहिलो प्रधानमन्त्री जवारलाल नेहरूले तिब्बतलाई चीनको हिस्साको रूपमा स्वीकार गर्न पुगेका हुन् ।
जुन १९५४ देखि जनवरी १९५७ सम्म चीनका प्रथम प्रधानमन्त्री चाउ एन लाइले चार पटक भारतको भ्रमण गरेका थिए । नेहरू पनि अक्टोबर १९५४ मा चीन गएका थिए । सन् १९५० मा चीनले तिब्बतमाथि आक्रमण गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिएको थियो । चीनले आक्रमण गरेपछि त्यहाँबाट दलाई लामासहित अन्य धेरै व्यक्तिहरु भागेर भारत लगायत देशहरुमा पुग्न सफल भएका हुन् ।
प्रकाशित मिति २०७९ कार्तिक १९ गते शनिवार ०२:१८