काठमाडौं कात्तिक २४ धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ ।
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात...
काठमाडौं कात्तिक २४ धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ ।
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।
लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः केहीबेर अघि सधैको लागि सम्बन्ध तोडिएको हो । यो जोडी ले काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।
केहि समय आगाडी आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका थिएनन।
सामाजिक सञ्जाल टिकटकमा अहिले उनीहरू एक अर्कालाई आरोप लगाउनमा ब्यस्त रहेका छन् । शंकरले जेरी र उनको परिवारलाई दोष लगाउँदै भिडियो बनाइरहेका छन् भने जेरीले आफ्नो भाग्यलाई दोष दिइरहेको छिन् ।
आज बिहिबार पुन: उनीहरू अदालत पुगेर सम्बन्धविच्छेद गरेका हुन् ।
उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।
केहीबेर अघि सम्बन्धविच्छेद भएपछि गायिका बबिताले लेखेकी छन्, ‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो’
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७