गगन जिको समाचार आएछ उनि त अहिले बच्चानै छन ,देशको नेतृत्व मैले गर्छु : प्रचण्ड

गगन जिको  समाचार आएछ उनि त अहिले बच्चानै छन ,देशको नेतृत्व मैले गर्छु : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २७ गते आईतबार ०८:४८

गोरखा : पूर्वप्रधानमन्त्री तथा गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले देशकै नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन्। गोरखा १ को घैरुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट...

गोरखा : पूर्वप्रधानमन्त्री तथा गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले देशकै नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन्।

गोरखा १ को घैरुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने बताए।

‘मैले देशकै नेतृत्व सम्हाल्ने सम्भावना पनि छ। त्यसो भयो भने म आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने छु, आर्थिक विकास र संवृद्धिको सुरुवात गोरखाबाट गर्ने भनेर आएको छु’, उनले भने, ‘त्यस्तो अवसर आयो भने त्यो गोरखाका लागि ऐतिहासिक अवसर हुनेछ। राजेन्द्र बजगाईँ, नन्द न्यौपाने र कृष्ण धिताललाई तपाईहरूले जिताएर पठाउनुस्।’

दुवै जना गोरखाको विकास र संवृद्धिका लागि उपयुक्त मन्त्रालय सम्हाल्न सक्ने हैसियतको भएका उनको भनाइ थियो।

‘म शेरबहादुर देउवाजीसँग सल्लाह गरेर उहाँहरूलाई उचित मन्त्रालय दिने बारे प्रस्ताव गर्ने विश्वास म दिलाउन चाहन्छु।’
चितवन र देशभरिको विकास र संवृद्धि आफ्नो उत्तिकै जिम्मेवारी भएको भन्दै त्यसको उदाहरण गोरखाबाट प्रस्तुत गर्ने उनको भनाइ छ।

‘त्यसका लागि तपाईंहरूले हामीलाई लुलो हात बनाएर पठाउन मिल्दैन’, उनले भने, ‘गोरखाली जनताको लोकतन्त्र, गणतन्त्र र अग्रगमनका पक्षमा अभूतपूर्व एकता प्रदर्शन गर्नुपर्छ। त्यसले बजेट निर्माणमा पनि विकासमा पनि शक्तिशाली भूमिका निर्वाह गर्छ।’

गिरिजाप्रसाद कोइराला र प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए मुलुकको अवस्था भयावह हुने थियो भन्दै उनले कांग्रेस र माओवादीको गठबन्धन बेठिक भन्नेले शान्ति प्रक्रिया, गणतन्त्र र संविधानको विरोधी सिद्ध हुने उनले आरोप लगाए।

‘मैले गिरिजाबाबुतिर फर्केर जयनेपाल भनेको हुँ, उहाँले मतिर फर्केर लालसलाम भन्नु भएको हो। उहाँले हँसिया हथौडामा छाप त्यही दिनमा लगाइदिनु भएको हो, मैले बडो गर्व र खुशीका साथ रुखमा छाप त्यही दिनमा हानेकै हुँ’, उनले भने, ‘त्यसैले म गम्भीर रूपले अपिल गर्छु कि, तपाईंहरू पनि गठबन्धनका उम्मेदवारहरूलाई रुचिसाथ र दृढताका साथ अत्यन्तै ठूलो मत दिनुस्।

यो गठबन्धनले कांग्रेसले माओवादीलाई राम्रो देख्न थालेको र माओवादीले कांग्रेसलाई राम्रो देख्न थालेको उनले बताए।

‘यो गठबन्धनको अर्को मनोवैज्ञानिक महत्व पनि छ। यो गठबन्धनले विस्तारै माओवादीलाई कांग्रेसका नेता कार्यकर्ता राम्रो लाग्न थालेको छ।

कांग्रेसलाई पनि माओवादीका नेता कार्यकर्ता राम्रो लाग्न थालेको छ’, उनले भने, ‘यो पनि सकारात्मक विकासको अर्को आयाम हो।’

यसअघि उनले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्नु आफ्नो सपना रहेको बताएका थिए। साथै गोरखाका धुलेबाटो कालोपत्रे गरेर चिल्लो सडकमा गाडी छिटोछिटो कुदे जस्तै स्तरीय सडक बनेपछि विकास पनि तीव्र गतिमा हुने बताए।

 

प्रकाशित मिति २०७९ कार्तिक २७ गते आईतबार ०८:४८
प्रतिक्रियाहरु