काठमाडौं, ३ फागुन -: प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको तीन वर्षे उपलब्धि सुनाउनु हुने छ । आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउन लाग्नु भएको हो’ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिनु हुने छ ‘।
सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लाग्नुभएको हो ‘।
ओली २०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको छ’ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेतहरुले सोचेजस्तो काम गर्न नदिएको बताउनुभएको छ’ । प्रधानमन्त्री ओलीले आज (साेमबार) सरकारको तीन वर्षे उपलब्धि सुनाउनुअघि सुरुदेखि नै सरकार चलाउन अप्ठ्योरो भएको बताउनुभएकाे हाे ‘।
सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘एकातिर जनताको उच्च आंकाक्षा सरकारले पूरा गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैँ सरकारले काम गर्ने नपाउने अवस्था सिर्जना भयो ‘।
उहाँले निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका नेताहरू उत्रिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,सकेसम्म अल्मल्याउने, नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रिनुभयो ‘। एउटा त्यस्तो दु:खपूर्ण स्थिति रह्यो ‘। यद्यपि नेकपाको शीर्ष तहमा रहेका केही नेताहरुको कुण्ठाको बाछिँटा व्यवस्थापिकामा नपरोस् भन्नेमा म रहदम सचेत रहेकै हुँ ।
प्रकाशित मिति २०७७ फाल्गुण ३ गते सोमबार ११:४०