शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो प्रधानमत्री बनाउनु पर्छ : प्रचण्ड

शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो प्रधानमत्री बनाउनु पर्छ  : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ३० गते बुधबार ०१:१९

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । मोरङ ६ (१) सुन्दरहरैंचा ७ को गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् ।

मोरङ ६ (१) सुन्दरहरैंचा ७ को गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् । प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए । गठबन्धनले आर्थिक समृद्धि ल्याउने दाबी गर्दै उनले सुशासन पनि कायम गरिने बताए ।

देशभरी गठबन्धनको पक्षमा लहर आएको बताउँदै उनले गठबन्धन दशकौं पछिसम्म जान्छ । पूर्वाञ्चल विश्वविद्यालय को मेडिकल कलेज सञ्चालन गर्ने, गछियार बुढीखोलामा तटबन्धन निर्माणगर्ने, सुकुम्वासी समस्या समाधान गर्न लालपूर्जा बाँड्ने उनले बताए ।

डाक्टर शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताउँदै प्रचण्डले आफ्नै ज्वाइँको प्रशंसा गर्दै युवा र गतिशील नेता रहेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले गठबन्धनलाई जिताउन अपिल पनि गरे ।

प्रकाशित मिति २०७९ कार्तिक ३० गते बुधबार ०१:१९
प्रतिक्रियाहरु