जेरी भन्छिन् : म उहाँप्रति अति नै क्रेजी थिएँ, मेरै प्रस्तावमा हामी उहाँको कोठामा…

जेरी भन्छिन् : म उहाँप्रति अति नै क्रेजी थिएँ, मेरै प्रस्तावमा हामी उहाँको कोठामा…

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ३ गते शनिवार १०:२३

काठमाडौं – लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् । जेरीले...

काठमाडौं –

लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् ।

जेरीले भनेकी छिन्, ‘उहाँ (शंकर क्षेत्री) दुबईमा छँदा मेरो उहाँसँग गायक प्रदीप रोकामार्फत (टीका लगाएको दाई) मार्फत चिनजान भएको हो । हामी भिडियोमा लामो–लामो कुरा गर्थ्यौं ।

म उहाँप्रति आ’शक्त बन्दै गएँ । उहाँ पनि मप्रति माया देखाउनुहुन्थ्यो । हामीबीच भिडियो कलमै प्रेम सुरु भयो । उहाँलाई मैले नेपालमै केही गरौं भनेर आग्रह गरेर बोलाएको हुँ । २०७२ सालको माघ–फागुनबाट बोल्न थालेको हो ।

मलाई आफूले खोजेको जस्तै मान्छे पाएको महसुस भएको थियो ।’ उनले थप्दै भनिन्, ‘उहाँ नेपाल आएपछि २०७३ साल असोजमा हाम्रो पहिलोपटक भेट भयो । विदेशबाट फर्किएपछि मलाई भेटेर उहाँ घर जानुभयो । त्यसको १३ दिनपछि काठमाडौं आउनुभयो ।

मैतीदेवी पछाडि कोठा लिएर बस्न थाल्नुभयो ।म उहाँप्रति अति नै क्रेजी थिएँ । उहाँसँग एक पलमात्रै बिताउन पाए पनि म आफूलाई भाग्यमानी सम्झिन्थें । मेरै प्रस्तावमा हामी उहाँको कोठामा लिभिङ टुगेदरमा बस्न थाल्यौं ।’

उनका अनुसार केही वर्ष लिभिङ टुगेदरमा बसेपछि बिहे भयो । उनले भनिन्, ‘उहाँ हाम्रो बिहे गुपचुप गरौं भन्ने पक्षमा हुनुहुन्थ्यो । विवाहको कुरा बाहिर लिक नगरौं भन्नुहुन्थ्यो । उहाँको मनसाय अर्कै रहेछ, मैले बुझ्न सकिनँ ।

तर, मलाई आफूले मन पराएको केटासँग धुमधामले बिहे गर्ने रहर थियो । मेरै जोडमा धुमधामले बिहे गरियो । मिडियासमेत बोलाइयो । बिहेलगत्तै उहाँले आफ्नो असली रुप देखाउन थाल्नुभयो ।

बिहे भएको १४ दिनपछि ममाथि घरेलु हिंसा सुरु भएको हो । बिहेमा दुलाहाको आमा–बाबु र दाइलाई औंठी बनाइदिनुपर्छ भन्नुभएको थियो उहाँले । माइतीबाट त्यही गर्‍यौं । तर, बिहे भएपछि बहिनीलाई गहना नदिएको बहानामा किचकिच सुरु गर्नुभयो ।’

बिहेलगत्तै जेरी कार्यक्रमका लागि इजरायल गएकी थिइन् ।पहिलो भ्यालेन्टाइन डे पनि सँगै मनाउन नपाएको उनको गुनासो छ । उनी भन्छिन्, ‘फर्केर आउनासाथ कहिले श्रीमानको अनुहार हेरौं भन्ने भएको थियो ।

तर, म आउनासाथ उहाँ दोहोरी जान्छु भनेर फुत्त निस्कनु भयो, अनि बिहान आउनुभयो । त्यसपछि झगडा सुरु गरिहाल्नुभयो, बहिनीलाई किन गहना नदिएको भनेर ।

‘तेरो माइतीपट्टि त्यत्रोलाई कुर्ता–सुरुवाल दिएपछि तिमीहरुले मेरो बहिनीलाई गहना दिनुपर्छ कि पर्दैन ?’ भनेर उहाँले मलाई सत्तोसराप गर्न थाल्नुभयो । त्यही दिनदेखि ‘तँ अनुहार न दनुवारकी, उमेर(रुपरंग केही नमिल्नेसँग बिहे गरेर फसें’ भन्न थाल्नुभएको हो ।’

प्रतिवाद गरेपछि श्रीमानले आवेशमा आएर आफूमाथि आक्रमण गरेको जेरीको आरोप छ ।उनले भनिन्, ‘मलाई कुट्दै लडाउनुभयो, अनि किचेनको चप्पल मुखभित्र कोच्याएर घाँटीसम्म पुर्‍याउनु भयो ।

अन्तिम अवस्थामा मैले खुट्टाले उहाँको पेटमा लात्ती हानेर आफ्नो ज्यान बचाएँ । आफूले मन पराएर बिहे गरेको केटाले बिहेको १४ दिनमै यस्तो यातना दिएको कुरा मैले माइतीलाई पनि सुनाउन सकिनँ ।

माइती परिवारले त मलाई अन्तिम समयसम्म पनि विवाहको विषयमा धेरै झक्झक्याउनु भएको थियो । दुई दिनअघिसम्म पनि एकपटक फेरि सोच है भन्नुभएको थियो । तर, मैले उहाँमाथि विश्वास गरेको थिएँ । त्यसैले श्रीमानले दिएको पीडा माइती परिवारमा सुनाउनै सकिनँ ।

 

प्रकाशित मिति २०७९ मङ्सिर ३ गते शनिवार १०:२३
प्रतिक्रियाहरु