५ मंसिर, चितवन । चितवन–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् ।
सोमबार राति ४ हजार २४१ मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा नै छन् ।
एमालेका पोखरेलले १६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र रास्वपाका लामिछानेले ९६३ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको मत गणना भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भरतपुर महानगरपालिका क्षेत्रको मतगणना हुँदा रविले अग्रता लिने बताएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका पोखरेल निर्वाचित भएका थिए ।
मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।
६ हजार ५१८ मत गणना हुँदा उनले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।
प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार ११:४९