देशै भरिको चुनाबी परिणाम हेर्दा एमाले पहिलो पाटी बन्ने संकेत

देशै भरिको चुनाबी परिणाम हेर्दा एमाले पहिलो पाटी बन्ने संकेत

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार ०८:३५

काठमाडौं । मंसिर ४ गते (आइतबार) सम्पन्न आम निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यतर्फ कुन पार्टीले कति ठाउँमा जिते या अग्रता हासिल गरे भन्ने बारे हामीले अपडेट दिइरहेका छाैँ । पछिल्लाे मतपरिणाम अनुसार मंगलबार बिहान ७:४५ बजेसम्मकाे...

काठमाडौं । मंसिर ४ गते (आइतबार) सम्पन्न आम निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यतर्फ कुन पार्टीले कति ठाउँमा जिते या अग्रता हासिल गरे भन्ने बारे हामीले अपडेट दिइरहेका छाैँ । पछिल्लाे मतपरिणाम अनुसार मंगलबार बिहान ७:४५ बजेसम्मकाे ताजा अपडेट-

जीतः

नेपाली कांग्रेस : १

१. मुस्ताङ : योगेश गौचन थकाली

२. मनाङ : टेकबहादुर गुरुङ

३. काठमाडाैँ- १ : प्रकाशमान सिंह

नेकपा (एमाले)

१. ललितपुर – २ प्रेमलाल महर्जन

—————-

अग्रताः

नेपाली कांग्रेस : ४७

नेकपा (एमाले) : ४९

नेकपा (माओवादी केन्द्र) : १२

राष्ट्रिय स्वतन्त्र पार्टी : ११

नेकपा (एस) : ६

राप्रपा : ६

नाउपा : ४

जसपा : ३

हाम्रो नेपाली पार्टी : १

लोसपा : २

राष्ट्रिय जनमोर्चा : १

अन्य : ७

प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा (एमाले)का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०८:३५
प्रतिक्रियाहरु