चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् ।पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका छन् । त्यस्तै दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ छन् ।
उनले ३ हजार १७७ मत पाएका छन् । तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ७१२ मत पाएका छन् ।
पोखरेल सुरुवाती चरणमा पहिलो स्थानमा थिए । त्यस्तै रवि तेस्रो स्थानमा थिए । शहरी क्षेत्रको मत गणना गर्दा रविलाई अत्याधिक मत प्राप्त भइरहेकाे छ ।
प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा (एमाले)का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०९:५१