म ‘बिना ढेउवा के’ चुनाव जित्दै छुँ : अध्यक्ष नेपाल

म ‘बिना ढेउवा के’ चुनाव जित्दै छुँ : अध्यक्ष नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ७ गते बुधबार ०६:३५

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । बुधबार साँझ ५ बजेसम्मको मतगणनाको परिणाम अनुसार नेपाल २२ हजार ७०७ मत सहित अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले...

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । बुधबार साँझ ५ बजेसम्मको मतगणनाको परिणाम अनुसार नेपाल २२ हजार ७०७ मत सहित अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले १७ हजार ७०२ मत ल्याएर पछ्याइरहेका छन् ।

आफ्नो अग्रता बढिरहँदा मतगणनास्थल जुद्ध मावि गौर पुगेका नेता नेपालले आफु बिना ढेउवाको चुनाव जितिरहेको प्रतिक्रिया दिएका छन् । ‘यो चुनाव म बिना ढेउवा के जित्दै छुँ’ उनले भने, ‘ढेउवा चाहनेहरु, लुटेराहरु बिना लुटको कुनैपनि काम हुदैन् भन्ने ठान्छन् । जनतालाई लुट्ने चुस्ने कुरामा उनीहरु अग्रपंङ्तीमा छन् ।

मेरो अभिव्यक्तिले उनीहरुको लुटको साम्राज्य खतम हुन्छ कि भन्ने कुराले उनीहरुको तलदेखि माथिसम्मका केपि ओली समेत आंतकित भए ।’

उनले विपक्षीहरुले हिजो कमिशनवालाहरु, एजेण्टहरुसँग कमिसन आउँदै थियो अब हाम्रो सबै कमिसन जाने भयो भनेर जनतालाई लुट्न नपाइने भयो भनेर आतिएका आरोप लगाउँदै आफूले उनीहरुको ‘ढेउवा’ को बाटो बन्द गरिदिएकाले उनीहरु बौलाएका अभिव्यक्ति दिए ।

उनले आफ्ना विपक्षीहरुले पैसाले जनतालाई किन्न खोजेको सुचनाहरु आफुलाई आइरहेका बताउँदै अब ‘ढेउवा वाला’ सिन्द्धात समाप्त भएर ‘बिना ढेउवा’ को युग सुरु हुन लागेको दावी गरे ।

चुनाव प्रचारकै क्रममा उनले आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । उनको सो भनाइपछि निर्वाचन आयोगले उनलाई निर्वाचन–कसुर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा ऐनको उपदफा (१)

को खण्ड (च) मा उम्मेदवारले कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था भएपनि नेपालले युवाहरुलाई फ्रि भिसा युवाहरुलाई मलेसिया पठाउने, काठमाडौंमा तालिम दिने लगायतका प्रलोभन दिएका भन्दै स्पष्टिकरण सोधेको थियो ।

उनले भनेका थिए, ‘बेटा बेटीके रोजगारीको बात करु । देश के अन्दर या देश के बाहर । बिना ढेवा के । फ्रि भिसा, फ्रि टिकट । फ्रि के मतलब बिना ढेवा के ।

बिना ढेवा के भिसा मिल्तै । बिना ढेवा के टिकट मिल्तै । बिना ढेवा के काठमाडौंमे तालिक मिल्तै । ओकरो एक सुरुवात हो गइल हे , सुरु होइला पर तब न बेसी होतै ।’उनको सोही ‘बिना ढेवा के’ शब्दलाई लिएर उनलाई ट्रोल गरिदैं आइरहेको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर ७ गते बुधबार ०६:३५
प्रतिक्रियाहरु