इलाम- २ मा डम्बर खड्का सँग सुबाश नेम्वाङ हार्ने पाका पक्कि जस्तै हेर्नुहोस कति मतको फरक

इलाम- २ मा  डम्बर खड्का सँग सुबाश नेम्वाङ हार्ने पाका पक्कि जस्तै हेर्नुहोस कति मतको फरक

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १० गते शनिवार ०१:१०

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ 16 मतान्तरले पछाडी परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २८ हजार ४७० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २८...

काठमाडौं :

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ 16 मतान्तरले पछाडी परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २८ हजार ४७० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २८ हजार ४८६ मत ल्याएर अगाडी बढेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १२ सय ६३ मत प्राप्त गरेका छन्।

अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना हुन बाँकी रहेको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरबासीको आवाज बन्ने बताएकी छन्। कैलाली क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएकी उनले आफ्नो जितलाई पति रेशम चौधरी र टीकापुर राजबन्दीहरुप्रति समर्पण गरिन्।

‘यो जितलाई टीकापुर घटनाका कारण बिना कसुर जेल जीवन बिताइरहनुभएका मेरा आदरणीय श्रीमान् तथा नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशम चौधरी तथा सम्पूर्ण राजबन्दीहरुमा समर्पण गर्दछु। यो जित पहिचान प्राप्त गर्न दिनरात खट्ने थारुलगायत सम्पूर्ण जनसमुदायहरुको जितको रूपमा मैले बुझेकी छु,’ उनले भनिन्।

उनले पहिचानको मुद्दा सम्बोधन नभएसम्म विश्राम नलिने प्रतिवद्धता गरिन्। ‘समृद्ध, समुन्नत र सुन्दर टीकापुरको पहिचान स्थापित गर्न लागि पर्नेछु। यस क्षेत्रका जनताले भोगिरहेका विभिन्न समस्याहरू हल गर्न जनताको सेवकका रूपमा हरपल यहाँहरुकै आँगनमा रहिरहनुका साथै संसदमा टीकापुरबासी जनताको बलियो आवाज बन्नेछु,’ उनले भनिन्।

उनले कसैलाई काखा र कसैलाई पाखा नगरी आफूलाई जिताउन  भोट दिने र कुनै कारणबस भोट दिन असमर्थ टीकापुरबासीको साझा प्रतिनिधिको रूपमा निरन्तर लाग्ने प्रतिबद्धता जनाइन्।

चुनावको दौरान प्रतिस्प्रर्धी भए पनि अन्य पार्टिका अग्रज साथीहरूसँग आगामी दिनमा टीकापुरको विकासका लागि सहकार्य गर्ने कुरामा प्रतिवद्ध भएको जानकारी गराउँदछु। नागरिक उन्मुक्ति पार्टीको जिम्मेवार अध्यक्ष हुनुको नाताले जनताले अपेक्षा गरेअनुरुपको नयाँ दर्शन, विचार र विकल्पसहितको वैकल्पिक शक्ति बनाउने संकल्प पनि ब्यक्त गर्दछु,’ उनले भनिन्।

 

प्रकाशित मिति २०७९ मङ्सिर १० गते शनिवार ०१:१०
प्रतिक्रियाहरु