चुनावमा गगन थापालाइ सहयोग गरेका रवि लामिछाने गठबन्धनमार्फत सरकारमा सहभागी हुने

चुनावमा गगन थापालाइ सहयोग गरेका रवि लामिछाने गठबन्धनमार्फत सरकारमा सहभागी हुने

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १० गते शनिवार ०३:२१

चितवन,  मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल सरकारमा सामेल हुन सक्ने संकेत गरेका छन् ।लामिछानेले आफ्नो दल आवश्यकताको आधारमा तालमेल वा गठबन्धनको पक्षमा रहेको बताए । चितवन–२ बाट प्रतिनिधिसभामा...

चितवन,  मंसिर–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल सरकारमा सामेल हुन सक्ने संकेत गरेका छन् ।लामिछानेले आफ्नो दल आवश्यकताको आधारमा तालमेल वा गठबन्धनको पक्षमा रहेको बताए ।

चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेले चुनावमा तालमेल नगरे पनि आवश्यकताका आधारमा सत्ता गठबन्धनमा भने सहभागी हुने बताए ।

‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन’, शुक्रबार विजयको प्रमाणपत्र बुझ्दै उनले उनले भने, ‘देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन्छौं ।लामिछानेले आफूलाई जिताएकामा चितवन–२ का मतदातालाई धन्यवाद दिए ।

रवि लामिछानेमाथि अर्को आपत, सुरुभयो खुट्टा तान्ने खेल

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं। १९१ रहेको र सो शाखाबाट च.न. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् ।

गृहमन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईले सांसद लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी रहेको बताए । उनले सो उजुरी बारेमा के गर्ने भन्नेबारेमा गृहसचिवले निर्णय लिने बताए ।

यसअघि लामिछाने विरुद्ध निर्वाचन आयोगमा पनि लामिछाने अमेरिकाबाट फर्किएपछि रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी परेको थियो ।मतगणनाको अन्तिम परिणाम आइसकेकोले आयोगले सो विवाद हेर्ने आफ्नो क्षेत्राधिकार सकिएको बताएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर १० गते शनिवार ०३:२१
प्रतिक्रियाहरु