मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् – कुमार राना

मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् – कुमार राना

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १० गते शनिवार ०५:३६

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार)ले निर्वाचनको नतिजा स्वीकार्य नभएको बताउनुभएको छ । उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना...

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार)ले निर्वाचनको नतिजा स्वीकार्य नभएको बताउनुभएको छ ।

उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गरेर मात्रै नतिजा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

भर्खरै सकिएको मतपरिणामअनुसार नेकपा (एमाले)का सुधीर पौडेल निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका बुद्धिबहादुर राना (कुमार)लाई ६ मतले पराजित गर्नुभएको थियो ।

रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ । रानाले आफ्नो ८ मत हराएकोले पुनरावेदनमा समेत जाने बताउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जबरजस्ती नतिजा घोषणा गरेको खण्डमा स्वीकार्य नहुने पनि रानाले बताउनुभएको छ ।

मोरङ ३ बाट कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका शुनिलकुमार शर्मा निर्वाचित भएका छन् ।कांग्रेसका शर्माले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । यस्तै, राप्रपाकी उम्मेदवार रेखा थापाले १० हजार ९९८ मत पाएर तेस्रो भएकी छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।

मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् : कुमार राना

नेपाली कांग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार)ले निर्वाचनको नतिजा स्वीकार्य नभएको बताउनुभएको छ ।

उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गरेर मात्रै नतिजा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।भर्खरै सकिएको मतपरिणामअनुसार नेकपा (एमाले)का सुधीर पौडेल निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका बुद्धिबहादुर राना (कुमार)लाई ६ मतले पराजित गर्नुभएको थियो ।

रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ । रानाले आफ्नो ८ मत हराएकोले पुनरावेदनमा समेत जाने बताउनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले जबरजस्ती नतिजा घोषणा गरेको खण्डमा स्वीकार्य नहुने पनि रानाले बताउनुभएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर १० गते शनिवार ०५:३६
प्रतिक्रियाहरु