काठमाडौं ः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरेका छन्।
सोमबार बिहान सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश...
काठमाडौं ः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरेका छन्।
सोमबार बिहान सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश सभातर्फका एमालेका विजय राई र रमेश बस्नेतलाई बधाई दिँदै विकासका लागि पहल गर्न अनुरोध गरेका हुन्।
मेयर साम्पाङले आफ्ना योजनाहरुलाई पूरा गर्न पहल गर्न आग्रह गरे। ‘बधाई छ वहाँहरुलाई ! जनताले चुन्न जानेनन् भन्दिन म चाहिँ !’ निर्वाचित सांसदको तस्बिर राख्दै मेयर साम्पाङले भने, ‘अब धरानको विकासमा पहल गर्नु ! मेरा योजनाहरुलाई पूरा गर्न पहल गर्नु ! जय धरान ! जय नेपाल !’
सुनसरी क्षेत्र नम्बर–१ मा जसपा–एमालेको गठबन्धनबाट उम्मेदवार बनेका राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन्। निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन्।
सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएका हुन्।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७