एमालेले गर्ने भयो एकीकृत समाजवादीसँग एकीकरण, बाहिरियो भित्री तयारी

एमालेले गर्ने भयो एकीकृत समाजवादीसँग एकीकरण, बाहिरियो भित्री तयारी

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १८ गते आईतबार १०:२९

काठमाडाैं । एकीकृत समाजवादीभित्र माओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विवाद भइरहेको छ । सचिवालय समितिमा मुकुन्द न्यौपानेले खुलेर नै असहमतिमात्र होइन् लिखित रुपमा नोट आफ डिसेन्ट लेखेका छन् । उपाध्यक्षसमेत रहेका न्यौपानेले...

काठमाडाैं ।

एकीकृत समाजवादीभित्र माओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विवाद भइरहेको छ । सचिवालय समितिमा मुकुन्द न्यौपानेले खुलेर नै असहमतिमात्र होइन् लिखित रुपमा नोट आफ डिसेन्ट लेखेका छन् ।

उपाध्यक्षसमेत रहेका न्यौपानेले एमालेसँग एकता गर्नुपर्ने पक्षमा रहेकाे स्राेत बताउछ। एमालेका दोस्रो तहका नेता र माधव नेपाल पक्षका केही नेताहरु एमाले र समाजवादी मिल्नुपर्ने भनाइमा छन् ।

अहिले समाजवादीसँग १० सीट रहेका छन् । समाजवादीलाई एमालेमा मिलाउने हो भने एमाले संसदमा पहिलो पार्टी बन्छ ।

कांग्रेसभन्दा ११ सिटले कम देखिएको एमालेले समाजवादीलाई मिलाउने र समानुपातिक सीटसमेत बाँडफाँड भएपछि १ सिट बढीको हुन्छ । प्रत्यक्षतर्फ अहिले कांग्रेस ५६ सीटमा रहेको छ । एमाले ४४ सीटमा रहेको छ ।

एमालेमा समाजवादी मिलाउने हो भने एमाले ५४ सीटको हुन्छ । समानुपातिकको सीट बाँडफाँड हुन अहिलेको मतभार अनुसार एमाले २ सीट बढी हुन्छ । त्यसैले १ सीट बढी भएर एमाले ठूलो पार्टी बन्छ ।

यही कारण अहिले एमालेको दोस्रो तहका नेताहरु समाजवादीलाई मिलाउनुपर्ने भनाइ जाेडताेडले राखिरहेका छन् । स्राेतका अनुसार, उनीहरु संवादमा समेत रहेका छन् । तर, माधव नेपाल र केपी ओली सकारात्मक देखिएका छैनन् । त्यसैले संवादले औपचारिकता भने पाएको छैन ।

नेपाली कांग्रेस फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि कांग्रेसका दुबै पक्ष कमजाेर भएपछि पुन एकीकृत भएर शेरवहादुर देउवा समूहकाे सत्ताराेहण सहज भएकाे थियाे ।

त्यसैले शक्ति आर्जनका लागि एमाले र एकीकृत समाजवादी एकीकृत भएमा राज्यका महत्वपूर्ण पदहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखका लागि वार्गेनिङ पावर पनि बढ्ने तर्क एमाले र एस दलका एकीकृत पक्षधर नेताहरूकाे मत रहेकाे स्राेत बताउछ । source: pathivaradaily

 

प्रकाशित मिति २०७९ मङ्सिर १८ गते आईतबार १०:२९
प्रतिक्रियाहरु