दलहरूकै सहमति अनुसार सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने निर्णय, एमाले आउट​

दलहरूकै सहमति अनुसार सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने निर्णय, एमाले आउट​

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १८ गते आईतबार १२:३४

काठमाडौं । आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा...

काठमाडौं ।

आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल हुनुले आगामी सरकार सत्ता गठबन्धनले नै बनाउने बलियो सम्भावना देखिएको हो

प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको छ । परियारले भने

गठबन्धनका दलहरूको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिनअघि पनि भेट गरेका थिए ।

उता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा नेताहरूलाई ल्याउने कसरत थालेका छन् । तर, उक्त कसरत सफल हुने सम्भावना न्यून रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको गठबनधनबीच भएको चुनावी प्रतिस्पर्धाको अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्मको अवस्था हेर्दा सबैभन्दा ठूलो दल कांग्रेससहित सत्ता गठबन्धनको बहुमत आउने देखिन्छ । नेकपा एमाले दोस्रो ठूलो दलसहित प्रतिपक्षमा रहने देखिएको छ ।

राजनीतिमा यस्तै हुन्छ भन्ने अवस्था नरहे पनि सामान्यतया वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले भने

प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत अर्थात् सरकार बनाउन आवश्यक १ सय ३८ सांसद संख्या नपुग्ने भएपछि दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने संवैधानिक व्यवस्था छ । अहिलेकै अवस्था हेर्दा सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढी छ ।’

एमालेलाई वर्तमान सत्ता गठबन्धनबाहेकका दलहरू र स्वतन्त्रसमेत जोड्दा सरकार बनाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ । तर, वर्तममान गठबन्धन टुटेर कांग्रेस बाहेकका सबै दलहरू मिलेको खण्डमा एमाले वा अरू कसैको नेतृत्वमा सरकार बन्ने सम्भावना भने खुला रहेको कतिपयको बुझाइ छ ।

संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार बन्नका लागि प्रतिनिधि सभामा कुनै पनि दलको आवश्यक बहुमत नपुग्ने देखिएपछि सरकार गठनको पहिलो बाटो बन्द भएको छ ।

 

प्रकाशित मिति २०७९ मङ्सिर १८ गते आईतबार १२:३४
प्रतिक्रियाहरु