रविकाे पार्टीमा सभापतिलाई बर्खास्त गर्न माग गर्दै २ सय ४० जनाले बुझाए हस्ताक्षर ।हेर्नुस ।

रविकाे पार्टीमा सभापतिलाई बर्खास्त गर्न माग गर्दै २ सय ४० जनाले बुझाए हस्ताक्षर ।हेर्नुस ।

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १८ गते आईतबार ०६:५५

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् । यही मंसिर ४ को आमनिर्वाचनमा अन्तर्घात गरेको आरोपसहित...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।

यही मंसिर ४ को आमनिर्वाचनमा अन्तर्घात गरेको आरोपसहित न्यौपानेलाई कारवाही माग गरिएको हो। मकवानपुरस्थित २४० जना पार्टी सदस्यहरु उनलाई पदबाट हटाउन मागसहित केन्द्रीय कार्यालयमा पत्र पठाएका हु्न्।

उनीमाथि रास्वपाका समानुपातिक उम्मेदवारसँग मिलेर सौदाबाजी गरेको आरोप छ। उनले रास्वपाका समानुपातिक उम्मेदवारलाई अर्को पार्टीका उम्मेदवारसँग भेटाएर मिलेमतो गरेको आरोप लागेको होर

आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भनेका छन्।उनीमाथि रास्वपाका समानुपातिक उम्मेदवारसँग मिलेर सौदाबाजी गरेको आरोप छ। उनले रास्वपाका समानुपातिक उम्मेदवारलाई अर्को पार्टीका उम्मेदवारसँग भेटाएर मिलेमतो गरेको आरोप लागेको होर

आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भनेका छन्।

उनले मंसिर ४ को निर्वाचनबाट पार्टी राष्ट्रिय दल बनेसँगै आफूविरुद्धका गतिविधि बढेका बताए। उनले अर्को दलको उम्मेदवार भेट्नुलाई राजनीतिक अभ्यासकै एउटा पाटो भएको बताउँदै त्यसलाई ठूलो मुद्दा बनाउनु गलत हुने उल्लेख गरे।

न्यैपानेलाई गत साउनमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्ला सभापतिमा चयन गरिएको थियो।

न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ । यता न्याैपानेले भने आफूमाथि गुटबन्दी भएकाे प्रतिक्रिया दिएका छन् ।

पार्टीले राष्ट्रिय दलकाे हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएकाे उनले दाबी गरे । विपक्ष दलका उम्मेदवार भेटेकाे विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीति अनुसार भेट गरेकाे बताए । Source:Annapurna Times

प्रकाशित मिति २०७९ मङ्सिर १८ गते आईतबार ०६:५५
प्रतिक्रियाहरु