काठमाडौं ।
सङ्घीय संसद्मा १८ सिट प्राप्त गरेको नेकपा माओवादीले गठबन्धन कायम राख्ने र सरकार पनि मिलेर बनाउने जनाए पनि प्रदेश १ मा नेकपा एमालेसँग सहकार्य गर्ने गरी संवाद अघि बढाएको छ ।
प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल बनेपछि माओवादीले...
काठमाडौं ।
सङ्घीय संसद्मा १८ सिट प्राप्त गरेको नेकपा माओवादीले गठबन्धन कायम राख्ने र सरकार पनि मिलेर बनाउने जनाए पनि प्रदेश १ मा नेकपा एमालेसँग सहकार्य गर्ने गरी संवाद अघि बढाएको छ ।
प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल बनेपछि माओवादीले एमालेसँगको सहकार्यका लागि संवाद अघि बढाएको स्रोतको दावी छ ।
एमालेले करिब ४० सिट र माओवादीले १३ सिट प्राप्त गर्ने अवस्थामा यी दुई दलको मात्रै सरकार बन्ने अवस्था देखिएको हो । प्रदेश १ को ९३ सांसद मध्ये एमाले र माओवादी मिल्दा ५३ सांसद हुने भएकाले एमाले र माओवादीको सहकार्य सम्भव देखिएको माओवादीका एक नेताले बताए ।
उनका अनुसार कांग्रेससँगको सहकार्यमा प्रदेश १ मा माओवादीको तर्फबाट मुख्यमन्त्री नबन्ने भएपछि एमालेसँग आधा आधा कार्यकाल बाँडेर मुख्यमन्त्री बन्ने दाउमा लागेको स्रोतको दावी छ ।
‘प्रदेश १ मा माओवादीले कांग्रेस र नेकपा एसलाई मुख्यमन्त्रीमा समर्थन गर्नुपर्ने हुन्छ, नेकपा एसको तर्फबाट अहिलेका मुख्यमन्त्री राजेन्द्र राई नै दोहोरिन भएकाले त्यहाँ माओवादीलाई कठिन हुने भएकाले एमालेसँग सहकार्य गर्न सहज देखिएको हो’,माओवादीका ती नेताले भने ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७