गगनलाई समर्थन गर्नेबारे शेखरः हिजोको फुच्चेलाई कसरी स्वीकार्ने ?

गगनलाई समर्थन गर्नेबारे शेखरः हिजोको फुच्चेलाई कसरी स्वीकार्ने ?

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २२ गते बिहिबार ०९:२४

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पूर्ण मतपरिणाम आएसँगै अब नयाँ सरकार गठनमा सबैको ध्यान केन्द्रित देखिएको छ । चुनावी परिणामका आधारमा गठबन्धनकै सरकारले निरन्तरता पाउन सक्ने तथा फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री...

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पूर्ण मतपरिणाम आएसँगै अब नयाँ सरकार गठनमा सबैको ध्यान केन्द्रित देखिएको छ । चुनावी परिणामका आधारमा गठबन्धनकै सरकारले निरन्तरता पाउन सक्ने तथा फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्न सक्ने आँकलनहरू भइरहेका छन् ।

चुनावअघि कांग्रेसमा भावी प्रधानमन्त्रीका आधा दर्जन प्रत्याशीहरू थिए । उनीहरूमध्ये अहिले देउवा ‘बाइ डिफल्ट’ भावी प्रधानमन्त्रीको दावेदार छन् भने संस्थापनइतरमा रामचन्द्र पौडेल र गगन थापाको बढी चर्चा छ । पौडेलले देउवालाई फकाएर संसदीय दलको नेता बन्ने प्रयास गरिरहेकोमा गगन भने उनीसँग भिड्ने मुडमा देखिन्छन् ।

तर, के गगनले देउवालाई बलियो चुनौती दिन सक्छन् ? धेरैले पत्याइरहेका छैनन् । कांग्रेसका सिनियर नेताहरू कोही पनि उनको पक्षमा खुलेका छैनन् । उमेर र राजनीतिक करिअरको हिसाबले गगनलाई कांग्रेसका हस्तिहरू ‘फुच्चे’ नै ठान्छन् । त्यसैले आफूहरूको पालो नआउँदै गगनलाई कसरी प्रधानमन्त्री दिन सकिन्छ भन्ने मानसिकता धेरैको छ ।

अरु त अरु, कांग्रेसमा गगनको आफ्नै विचार समूहभित्र पनि उनको पक्षमा माहोल बनेको छैन । पार्टीको महाधिवेशनमा गगनले संस्थापन इतर समूहका शेखर कोइरालाको प्यानलबाटट उम्मेदवारी दिएका थिए ।

कोइराला देउवासँग पराजित हुँदा गगन भारी मतले विजयी भए । महाधिवेशनपछि चुनावअघिसम्म पनि कोइराला गुट ‘इन्ट्याक्ट’ नै थियो । तर, चुनाव सकिएर प्रधानमन्त्रीको संघर्ष सुरू भएसँगै यो गुट तितरबितर देखिएको छ ।

गुटका अगुवा शेखर कोइराला आफैं भावी प्रधानमन्त्रीका आकांक्षी थिए । तर, यतिबेला उनी अन्यमनस्क देखिएका छन् । न आफूलाई दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन्, न गगनलाई समर्थन जनाएका छन् ।

पछिल्ला अभिव्यक्तिहरू हेर्दा उनले गगनलाई नस्वीकार्ने स्पष्ट संकेत देखिएको छ । ‘हिजोको फुच्चे’ लाई कसरी स्वीकार्ने भन्ने लघुताभास उनमा पनि छ ।

उनले भावी प्रधानमन्त्रीका विषयमा आफूहरू कुनै निष्कर्षमा नपुगेको बताए ।

 

प्रकाशित मिति २०७९ मङ्सिर २२ गते बिहिबार ०९:२४
प्रतिक्रियाहरु