काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको सम्पुर्ण मत परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको अन्तिम मत गणना निर्वाचन आयोगले सकाएको छ । राजनितिक दलहरुले प्राप्त गर्ने सिट संख्याको फाइनल पनि आयोगले गरिसकेको छ । अब सबैको...
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको सम्पुर्ण मत परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको अन्तिम मत गणना निर्वाचन आयोगले सकाएको छ । राजनितिक दलहरुले प्राप्त गर्ने सिट संख्याको फाइनल पनि आयोगले गरिसकेको छ । अब सबैको ध्यान सरकार गठन तर्फ मोडिएको छ ।
अब राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री देखी सभामुख सम्म नयाँ निर्वाचित हुँदैछन् । अरु पदहरु भन्दा पनि कार्यकारी प्रमुख भएको हुनाले मुलुकको प्रधानमन्त्री को बन्ला भन्ने सबैको चासो देखिएको छ । प्रधानमन्त्रीमा पुरानै अनुहार दोहोरिने हो की नयाँले चान्स पाउने हो रु भन्ने चासो पनि देखिएको छ।
घटनाक्रममा त्यस्तो कुनै उल्लेख्य परिवर्तन नभएका देउवा , प्रचण्ड या ओली मध्येनै कोही प्रधानमन्त्री हुने अनुमान धेरैको रहेको छ । एकातिर गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरु फेरी पनि गठबन्धन कायम गरेर जान्छनन् कि जाँदैनन् भनेर हेरिएको छ भने अर्को तिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब कस्तो रणनिति लिने हो रु भन्ने चासो र चर्चा पनि चलेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर निर्वाचनमा गएको थियो । एकल बहुमतको लक्ष सहित निर्वाचनमा गएको एमाले समानुपातिक मतमा पहिलो पार्टी भए पनि बहुमत त के पहिलो दल पनि बन्न सकेन ।
गठबन्धन भित्र बाट प्रधानमन्त्रीमा काग्रेस सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका विचमा हानाथाप भएको अवस्थामा गठबन्धन भत्कन सक्ने र राजनितिक कोर्षले नयाँ रुप लिन सक्ने पनि देखिएको छ । यस पटकको चुनावबाट राष्ट्रिय राजनितीमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्लानरु भन्ने बिषय अर्को रोचक पक्ष देखिएको छ ।
वरिष्ठ अधिवक्ता एवं राजनितिक विश्लेष बिष्णु भट्टराइले राजनिति सम्भावनाको खेल भएको भन्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखाएका छन् । अहिले जनमतले कुनै पनि पार्टीलाई सरकारको नेतृत्व गर्ने म्याण्डेट नदिएको भन्दै उनले बरु एमाले अध्यक्ष ओलीले धेरथोर म्याण्डेट पाएको बताए ।
निर्वाचनमा जाने बेलामानै ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर एमाले चुनावमा गएकाले एमालेले प्राप्त गरेको मत ओलीलाई प्रधानमन्त्री बनाउनका लागी आएको भट्टराईले भनेका छन् । ओली प्रधानमन्त्री बन्नका लागी अन्तिममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड देखी रास्वपाका सभापती रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन सम्म एक हुने विश्लेषण गरेका छन् ।
एजेण्डाकै हिसाबले कुरा गर्ने हो भने पनि ओली , लिंदेन र रवि एक रहेको वरिष्ठ अधिवक्ता भट्टराईले भनेका छन् । राप्रपा पनि संघियता नमान्ने , रास्वपा पनि अहिलेको मोडेलको संघियता नमान्ने र एमाले अध्यक्ष ओली पनि भित्री रुपमा संघियताको विरोधीनै भएका कारण यो शक्ति एक ठाउँ हुने सम्भावना उनले औलाएका छन् । काग्रेसबाट धोका खाए पछि प्रचण्ड पनि अन्त जाने ठाउँ नभएर ओली तिरै आउन बाध्य हुने विश्लेषण भट्टराईको छ ।
राजनितिलाई सम्भावनाको खेल भन्दै भट्टराईले सरकार गठनको बेला सम्म जे पनि हुन सक्ने बताए । संसदले सरकारनै बनाउन नसकेर फेरी चुनावमा जानु पर्ने अवस्था आउन सक्ने विश्लेषण पनी उनले गरेका छन् । नेपाली काग्रेसको संसदीय दलको नेतामा को चुनिन्छ भन्ने कुराले पनि राजनितिक सिनारियो कसरी अघि बढ्छ भन्ने सकिने तर्क भट्टराईले गरेका छन् ।
राजनितिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता बिष्णु भट्टराईसँग समसामयिक बिषयलाई केन्द्रमा राखेर ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७