घनश्याम, गंगा चौधरीसहित एमालेले क-कसलाई गर्यो निष्कासन ?हेर्नुहोस लिस्ट सहित

घनश्याम, गंगा चौधरीसहित एमालेले क-कसलाई गर्यो निष्कासन ?हेर्नुहोस लिस्ट सहित

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २४ गते शनिवार ०८:१०

नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल,...

नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहलगायतलाई कारबाही स्वरूप निष्कासन गरेको हो।

बैठकपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेकोबारे जानकारी दिएको हो। कारवाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह छन्। उनीहरूसहित १३ जनालाई पार्टीले कारबाही गरेको हो।

यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ) र टेकबहादुर बलम्पाकी मगर (महोत्तरी)लाई कारबाही गरिएको छ।

केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर) र लक्ष्मी साह (कैलाली) पनि कारबाहीमा परेका छन्।

त्यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाममा रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेका भन्दै सूचिबाट उनको नाम हटाइएको एमालेले जनाएको छ।

Source-sagarmathadaily

 

प्रकाशित मिति २०७९ मङ्सिर २४ गते शनिवार ०८:१०
प्रतिक्रियाहरु