काठमाडौं, मंसिर २५
नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । नेता बस्नेत भर्खरै नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले...
काठमाडौं, मंसिर २५
नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । नेता बस्नेत भर्खरै नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले अब वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका थिए ।
आज राति ९ बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) ले साना दललाई समेटेर नयाँ सरकार गठन गर्ने खुलासा गरेका हुन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको पनि बताएका छन् । नेकपा विभाजनपछि नेता बस्नेतले पहिलोपटक
आज माधव नेपालसँग भेटवार्ता गर्न लागेका हुन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा नेपालसँग भेटवार्ताको लागि कोटेश्वर पुगेका हुन् ।
पछिल्लो समय वामपन्थीहरुकै नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य भैरहेको छ । यसको लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरुले पहल थालेका छन् ।
प्रचण्ड पनि कांग्रेस नेतृत्वमा रहने वा नरहने भन्नेबारे दोधारमा छन् । उनले पहिलो चरणमा सरकारको नेतृत्व गर्न पाए कांग्रेससँगको गठबन्धन कायम राख्ने र नेतृत्व गर्न नपाए गठबन्धन तोड्ने चर्चा छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७