काठमाडौं। गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत गरिएको छ। समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार...
काठमाडौं। गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत गरिएको छ। समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको छ।
‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिपय टुक्काप्रति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।
गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। त्यस्तै लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन।’
उनी थप्छन्, ‘डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’ स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस भनेर भनेका छन्।’
सार्वजनिक उक्त गीत कमला घिमिरे र सुमन परियारले गाएका थिए। सोमबार राति मन दुखाएर गायिका समीक्षा अधिकारीले बाँच्न गाह्रो भएको निराशा व्यक्त गरिन्। तर लेखेको केही मिनेटमै उनले त्यो स्टाटस हटाइन्। हटाएपछि स्क्रिनसर्ट सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७