कमला घिमिरेले गाएको दोहोरिको शब्द लेख्नेलाई हार्दिक श्रद्धाञ्जली: राजु ढकाल

कमला घिमिरेले गाएको दोहोरिको शब्द लेख्नेलाई हार्दिक श्रद्धाञ्जली: राजु ढकाल

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १ गते शुक्रबार ०९:०१

कमला घिमिरेले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ गाएकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन : राजु ढकाल काठमाडौं गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत...

कमला घिमिरेले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ गाएकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन : राजु ढकाल

काठमाडौं

गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत गरिएको छ । समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको छ।

‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिपय टुक्काप्रति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।

गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। त्यस्तै लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन।

डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’ स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस भनेर भनेका छन् । ’

सार्वजनिक उक्त गीत कमला घिमिरे र सुमन परियारले गाएका थिए । सोमबार राति मन दुखाएर गायिका समीक्षा अधिकारीले बाँच्न गाह्रो भएको निराशा व्यक्त गरिन्। तर लेखेको केही मिनेटमै उनले त्यो स्टाटस हटाइन्। हटाएपछि स्क्रिनसर्ट सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ।

मनलाग्दी छ पोखराको सडक पार्किङ ठेक्का, सात महिना अघि नै म्याद थप

फेवा सावित्री जेभीले पोखरा महानगरका मुख्य सडकमा पार्किङ गरेवापत शुल्क उठाउने दुईवर्षे सम्झौता गरेको थियो । उक्त सम्झौताको अवधि मंसिर २७ गतेसम्म थियो । तर, सात महिना अगाडि नै आगामी चैत मसान्तसम्म शुल्क उठाउन पाउने गरी महानगरले ठेकेदार कम्पनीलाई म्याद थपिदिएको खुलेको छ ।

निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकाल सकिनैलाग्दा ठेकेदार कम्पनीलाई महानगरले ०७९ बैशाख २२ गते चार महिना म्याद थपिदिएको हो ।

म्याद थपिएको पत्रअनुसार अब फेवा, सावित्री जेभीले चैत मसान्तसम्म पार्किङ शुल्क उठाउन पाउनेछ । म्याद थपको कारण भने विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना महामारीलाई देखाइएको छ ।

पोखरा महानगर राजश्व अधिकृत कृष्णप्रसाद तिवारीका अनुसार राजश्व परामर्श समितिकै सिफारिसअनुसार ठेकेदार कम्पनीको म्याद थप गरिएको हो । राजश्व परामर्श समितिले ०७८ माघ ६ गते नै ठेकेदार कम्पनीसँग म्याद थप्न सिफारिस गरेको उनको भनाइ छ ।

तर, गुपचुप ठेकेदार कम्पनीसँग म्याद थप गरिएपछि महानगरकै अन्य कर्मचारी पनि चकित छन् । ‘यत्रो ठूलो ठेक्का कर्मचारीको हस्ताक्षरमा म्याद थपिएको छ । अरुलाई जानकारी नै भएन, हामीले पनि बल्ल थाहा पायौं,’ महानगरका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

पोखरा महानगरले सडक पार्किङ शुल्क उठाउन जेभीसँग ०७७ मंसिर १४ गते सम्झौता गरेको थियो । महानगरले जेभीसँग २ वर्षका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । जसअनुसार प्रत्येक किस्तामा महानगरले ६३ लाख ३४ हजार रुपैयाँ पाउने उल्लेख छ ।

महानगरले पार्किङका लागि पटक–पटक ठेक्का आह्वान गर्नुपरेको थियो । ३ पटकसम्म सूचना आह्वान गर्दा पनि कसैको आवेदन नपरेपछि महानगरले मूल्य घटाएर चौंथो पटक टेन्डर आह्वान गरेको थियो ।

पहिलो पटक महानगरले सडक पार्किङको शुल्क उठाउन ०७५ असोज ६ गते सूचना जारी गरेको थियो । त्यतिबेला महानगरले न्यूनतम ७ करोड ७५ लाख रुपैयाँ तोकेको थियो ।

फेवा–सावित्री जेभीले पहिलो पटक तोकिएको मूल्यको आधाभन्दा कम मूल्यमा टेन्डर हात पारेको थियो । बढी मूल्यमा पटकपटक टेन्डर जारी गर्दा पनि आवेदन नपर्नुमा भने त्यतिबेलै ठेकेदार कम्पनी र महानगरको ‘सेटिङ’ रहेको स्रोतको दाबी छ । ‘सडक पार्किङ पोखरामा राम्रो आम्दानी हुने ठाउँमा पर्छ । कुनै पनि कम्पनीको आवेदन नपर्नु ठेक्का मूल्य घटाउनकै लागि थियो,’ स्रोतको दाबी छ ।

महानगरको विरोध

पोखरा महानगरका हालका मेयर धनराज आचार्यले म्याद सकिएपछि सडकबाट शुल्क उठाएर पार्किङ गर्न बन्द गरिने र नयाँ विकल्प खोजेर व्यवस्थित गरिने बताउँदै आएका थिए । तर, २७ गते सकिएपछि पनि शुल्क उठाउन बन्द नभएपछि जनस्तरबाट विरोध हुन थालेको छ ।

‘मेयर सा’ब ! हिजोबाट ठेक्का सकियो । तर, मनोमानी आज किन ? पोखराको पार्किङ व्यवस्थापन र निःशुल्क गर्छु भन्ने योजना जीवित छ कि मर्‍यो ?’ अभिमन्यु पाण्डेले फेसबुकमा आफूले तिरेको शुल्कको बिल पोस्ट गर्दै लेखेका छन् ।

महानगरका सूचना अधिकारी जीतेन्द्रजंग केसीले अघिल्लै सरकारका बेला ठेक्का सम्झौता म्याद थप भएकाले आफूलाई पनि धेरै जानकारी नभएको बताए ।

महानगर प्रवक्ता तथा पोखरा महानगर २५ का वडाध्यक्ष मोति तिमिल्सिना अघिल्लै सरकारले चैतसम्म म्याद थपेकाले अहिले त्यसैलाई निरन्तरता दिइने बताए । ‘मेयर साबले यो म्याद सकिएपछि शुल्क नउठाउने भन्नु भएको हो । उहाँहरुको चैतसम्म म्याद थपिएको छ,’ उनले भने ।

कोरोना महामारीलाई कारण देखाएर म्याद थपे पनि ठेकेदार कम्पनीले नियमित रुपमा किस्ता नतिरेको पाइएको प्रवक्ता तिमिल्सिनाले सुनाए । उनले ठेकेदार कम्पनीले ३ किस्ता नबुझाएको जानकारी दिए । ‘अहिले उहाँहरुको किस्तामा इ–रेगुलर देखिन्छ । किस्ता समयमा तिरेका छैनन्,’ उनले भने, ‘त्यसका लागि फ्लोअप गर्नुपर्नेछ ।’

चैत महिनापछि सडक पार्किङको विषयमा के गर्ने भन्नेबारे विकल्पको खोजी भइरहेको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । ‘मेयर साबले अब सडक पार्किङको शुल्क नलिने भन्नुभाछ । विकल्प खोजिराखेका छौं,’ उनले भने ।

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार ०९:०१
प्रतिक्रियाहरु