काठमाडौ । चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सा’र्वजनिक गरेका छन् ।
उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाबबाहेक चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ देखिएको जनाए ।
उनले सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको पनि उल्लेख गरेका छन् ।
रविले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।
यस्तो लेखेका छन् रविले सामाजिक सञ्जालमा
आदरणीय चितवन– २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु।आजबाट विजयको खुसियाली मनाउने सम्पूर्ण कार्यक्रमहरू सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईँले दिनु भएका शुभकामनाहरूलाई यही बाट एकमुस्ट धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुँदागतरुपमा राखें।
१) मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछिसम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन) २) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।
३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जाना पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)
४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला। ५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरू बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नु हुने छ।
६) प्रत्यक ४÷४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।
७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।
८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ“ लेखिएको बाकसमा खसाउनु होला।
१०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।
टाउकाले टेक्ने कि खुट्टाले ?
प्रश्नैप्रश्न
कस्तो सरकार, कस्तो प्रतिपक्ष ? अथवा, कस्तो संसदीय राजनीति ? चक्रवातझैं घुमीफिरी यी प्रश्न फेरि हाम्रो सामुन्ने आएका छन् । सँगै अरू जिज्ञासा पनि प्रकट छन्- नयाँ पार्टीहरू कता बस्लान् ? सरकारमा बस्लान् कि प्रतिपक्षमा ? दायाँ बस्लान् कि बायाँ ? यी प्रश्नसँग जोडिएर अरू पनि प्रश्नहरू आउँछन् ।
जस्तो- पार्टीहरू पुरानै गठबन्धनमा उभिएलान् कि नयाँ गठबन्धन बनाउलान् ? सरकार र प्रतिपक्षको पहलु अंकगणितबाट हल होला कि राजनीतिक दृष्टिकोणबाट ? निश्चय नै संसद्मा अंकगणित हुन्छ, तर जोडघटाउ गर्ने सूत्र के होला ? सत्तास्वार्थ कि वैचारिक पक्षधरता ? यद्यपि प्रश्न यो होइन कि यो पटक संसद्मा कुन सूत्र प्रभावशाली होला ? प्रश्न हो, अबको राजनीति (संसदीय) कस्तो हुनुपर्छ ? अथवा, प्रश्न यो होइन कि आगामी सत्ता गठबन्धन कस्तो होला ? प्रश्न हो, अबको गठबन्धन कस्तो हुनुपर्छ ?
प्रकाशित मिति २०७९ पुस २ गते शनिवार ११:१०