बालेनको मिडियालाई प्रश्न : अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्काउँदा किन समाचार बन्दैन ?’

बालेनको  मिडियालाई प्रश्न : अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्काउँदा  किन समाचार बन्दैन ?’

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २ गते शनिवार ११:४५

बालेन ले उठाए मिडियालाई प्रश्न : ‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार किन समाचार बन्दैन ?’ उनले सामाजिक संजालमा लेखेका छन्, 'नेपालका दुरदराजमा नागरिकहरुले दुख...

बालेन ले उठाए मिडियालाई प्रश्न : ‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार किन समाचार बन्दैन ?’

उनले सामाजिक संजालमा लेखेका छन्, ‘नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा काठमाण्डौमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ । काठमाण्डौमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिदैन ।

डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भुकम्पले ३८ सय घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ । परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ ।

अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।

डोटीका भुकम्प पिडितका लागि सहयोगको अनुरोध काठमाण्डौ महानगरमा पनि आएको थियो । महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौँ । यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सिमाहरु छन् ।

यसैले राज्य संयन्त्र, संबंधित मन्त्रालय , सांसदज्यु हरु ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिपहलमा पनि पिडितहरुलाई सहयोग गर्न अनुरोध गर्दछौँ ।

प्रकाशित मिति २०७९ पुस २ गते शनिवार ११:४५
प्रतिक्रियाहरु