ओली भेट्न किन बालकोट पुगे रबि लामिछाने, के- के भयो कुराकानी ?

ओली भेट्न किन बालकोट पुगे रबि लामिछाने, के- के भयो कुराकानी ?

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २ गते शनिवार ०८:१७

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो। सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको...

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको हो। ‘शुक्रबार राति उहाँहरूबीच सरकार गठन प्रक्रियाका विषयमा छलफल भएको हो,’ बालकोट स्रोतले भन्यो।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ। सोहीअनुसार ओली र लामिछानेबीच भेटवार्ता भएको स्रोतको भनाइ छ।

‘सत्ता गठबन्धनले पनि सरकार बनाउने प्रक्रिया अगाडि बढाएको छ। दोस्रो ठूलो दल भएकाले त्यो डिजर्ब हामीले पनि गर्छौं। त्यही हिसाबले पहलकदमी गरिरहेका छौं,’ एमालेका एक नेताले बताए।

मंसिर ४ को निर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई सही दिशामा डोर्‍याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताए । उनले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको बताए ।

ओलीले भने– जनतालाई सचेत गराउन नसक्नु,सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु । अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ । अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ । पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन ।

सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीले बताए ।

Source-anpurnapost

प्रकाशित मिति २०७९ पुस २ गते शनिवार ०८:१७
प्रतिक्रियाहरु