काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन परिणाम सभापति शेरबहादुर देउवाको पक्षमा आउने दाबी गरेका छन् ।
मतदान स्थल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले परिणाम देउवाको पक्षमा आउने बताएका हुन् ।
उनले भने, ‘परिणाम सार्वजनिक हुन मात्र बाँकी छ । सभापतिको पक्षमा कति मत आउँछ भन्ने मात्र हो । उहाँले जितिसक्नभयो ।’
काठमाडौं – केही बेरमा सुरु हुने भनिएको कांग्रेस संसदीय दलको निर्वाचनमा क्यामेरा लिन पाउने किन नपाउने भन्ने विषयमा विवाद भएको छ।
संसदीय दलको उम्मेदवार तथा सभापति शेरबहादुर देउवा पक्षले मतदान गर्ने ठाउँमा मोबाइल लिन पाउनुपर्ने माग गरेपछि विवाद भएको छ।
मत हालेको वा नहालेकोबारे निगरानी गर्न मोबाइल लिन पाउनुपर्ने र तस्बिर खिच्न पाउनुपर्ने निर्वाचन संयोजकसमेत रहेका सहमहामन्त्री भिष्मबहादुर आङ्दाम्बेले माग राखेका छन्।
प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०८:५९