काठमाडौँ
बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको ह’ त्या भएको पुष्टि भएको छ । सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको ह’ त्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छात्राबासमा बसेर कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् । उनीहरू श्रीमान-श्रीमती हुन् ।दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हि’ रासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको छ ।
बैतडीको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको अँगालोमा आफ्नो श्रीमती देखेपछि ह,त्या गरेको पुर्चौंडी नगरपालिका -३ न्वादेउका प्रजा बोहरा प्रहरी समक्ष बयान दिएका छन् ।
शिक्षकको ह,त्यामा आफू संलग्न रहेको स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बैतडीले बोहरा र उनकी पत्नी विमला बोहरालाई सार्वजनिक गरेको हो ।
पुस १ गते राति विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्किएकी थिइन् ।उनी घर आउन ढिलो गरेपछि श्रीमान् खोज्न पुगेका थिए ।
त्यो बेला आफ्नो श्रीमती शिक्षक विष्टको अँगालोमा देखेपछि उनले कु,टपिट गरि ह,त्या गरेको बैतडीका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले बताए ।
सामान्य कुटपिटबाट घाइते भएका शिक्षकलाई उनले एउटा हातले मुख थुनेर अर्को हातले कडा बस्तुले हा,नेर ह,त्या गरेको प्रहरीले जनाएको छ ।
शिक्षकको ह,त्यामा प्रजा मात्रै संलग्न रहेपनि श,व व्यवस्थापनमा भने बोहरा दम्पती नै लागेका थिए । छात्रबासमा विष्टको हत्या गरिसकेपछि दुवै जना मिलेर श,व छात्रबास पछाडि फालेको उनीहरुले प्रहरीलाई बयान दिएका थिए ।
अभियुक्त विमला कृष्ण माध्यमिक विद्यालयको छात्रावासमा बसेर कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन् भने पेसाले स्वास्थ्यकर्मी रहेका उनका श्रीमान् २७ गतेदेखि होस्टेलमा उनीसँगै बस्दै आएका थिए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रोतका अनुसार ‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउदा…..देखेपछि मैले मुक्का प्र’ हार गरेको हुँ,’ बयानमा अ’ भियुक्तले भनेका छन्, ‘सोही क्रममा ढ’ लेर उहाँको मृ’ त्यु भयो ।’ प्रहरी स्रोतकाअनुसार विष्टको मृ’ त्यु भएपछि ल’ डेको देखाउने उद्देश्यले श’ व क्याम्पसको होस्टेल नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन् ।
बुधबार पाटन नगरपालिकामा ता’ लाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका थिए। न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आ’ न्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ। मृ’ तकका परिवारले श’ व पनि बुझेका छैनन् ।
प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार ०४:१५